३१ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

बडादसैँको नवौँदिनः आज सिद्धिदात्रीको पूजा आराधना गरिँदै

बडादसैँको आज नवौँदिन, माता दुर्गाको नवौं स्वरुप सिद्धिदात्रीको विशेष पूजा गरेर मनाइँदैछ। देवी दुर्गाको नवौँ स्वरुपलाई सिद्धिदात्रीको नामले चिनिन्छन्। 

आजको दिन शास्त्रीय विधि वा पूर्ण निष्ठापूर्वक साधना गर्ने साधकको सबै प्रकारका सिद्धि प्राप्त हुने र पुरै संसार विजय गर्ने सामर्थ्य प्राप्त हुने शास्त्रमा उल्लेख छ।

सिद्धिदात्रीले दाहिने भुजामा देवी जप माला र गदा तथा बायाँ भुजामा कमल पुष्प र शङ्ख धारण गरेकी छन्।  

माता दुर्गाको अन्तिम रुप सिद्धिदात्री हुन् र उनको ध्यान गर्नाले सबै प्रकारको व्रह्माण्डिक र अन्य विश्वव्यापी इच्छाहरू पूरा हुने विश्वास रहेको छ।  

सिद्धिदात्रीको स्मरण, ध्यान, आराधनाले यस संसारको जोखिमलाई महसुस गराउँदछ र मानवलाई अमृत पदमा पु¥याउँछ भन्ने विश्वास रहेको छ। देवी सिद्धिदात्री कै कृपाबाट तीनै लोकमा यक्ष, मुनि, ऋषि, मानव, राक्षस, देव, दानव इत्यादि सबैले सिद्धि प्राप्त गर्न सक्ने बताइन्छ।

प्रकाशित: ६ कार्तिक २०८० ००:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App