६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

भूकम्पले भत्कायाे बिस घर

फाइल तस्वीर

आज बिहान गएको भूकम्पले धादिङको ज्वालमुखी गाउँपालिका-५, कुमालटारीमा २० घर भत्किएका छन् भने ७५ घर चर्किएका छन्। भूकम्पबाट भएको क्षतिको विवरण आउने क्रम जारी रहेको पूर्व वडाध्यक्ष कृष्णप्रसाद काप्रीले बताए।

पटकपटक चार रिक्टरस्केलभन्दा माथिका भूकम्पका परकम्प गएकाले मानिसहरू घरबाहिर बसेको स्थानीय स्थानीय राजेश अधिकारीले बताए।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक सन्तुलालप्रसाद जैसवारले चर्किएका घरहरूको विस्तृत विवरण सङ्कलन जारी रहेको बताए।

धादिङको साविक खरी गाविस केन्द्रविन्दु भई आज बिहान छ दशमलव १ रिक्टर स्केलको भूकम्प गएको थियो।

प्रकाशित: ५ कार्तिक २०८० ०६:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App