२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

विद्यालय बन्द गरेर चुनाबमा लागेका शिक्षकलाई विद्यालय फर्कन निर्देशन

रसुवा— विद्यालय बन्द गरेर प्रधानाध्यापक र शिक्षक निर्वाचन प्रचानरप्रसारमा लागेपछि रसुवामा पठनपाठन प्रभावित भएको छ।  सरकारी विद्यालयमा कार्यरत शिक्षक राजनीतिक दलको झण्डा बोकेर लागेपछि पठनपठन प्रभावित बनेको हो। 

जिल्लामा रहेका लोकतान्त्रिक गठबन्धन र बाम गठबन्धनको शिक्षक संगठनमा आबद्ध शिक्षकले विद्यालय बन्द गरेर चुनावी अभियानलाई तिब्रता दिन थालेपछि जिल्ला शिक्षा कार्यालय रसुवाले कार्वाहीको चेतावनी दिएको छ। 

नागरिकन्युजसँग कुरा गर्दै उनले भने, ‘विद्यालयमा पढाउन गएका शिक्षकले राजनीतिक दलको झोला बोकेर हिँडन मिल्दैन, पहिलो चोटी चेतावनी दिएका छौ, सो कार्य फेरि दोहोरिएमा कानुन वमोजिम कार्वाही गर्छौं।'

द्यालय बन्द गरेर पार्टीको जुलुस र आमसभामा  लागेको गुनासो आएपछि कार्यालयले ८ बुँदे सूचना जारी गरी तत्कालमा विद्यालयमा फर्कन निर्देशन दिएको बताइएको छ।  निर्वाचन आउन ८ दिन बाँकी रहेको र शिक्षा विभागले विद्यालय विदाको बारेमा निर्णय गरि नसकेकाले कार्यालयको अनुमतिबिना विद्यालय बन्द नगर्नका लागि आग्रग गरिएको जिल्ला शिक्षा अधिकारी होमनाथ न्यौपानेले बताए। 

उनले भने, ‘विद्यालय विदा गर्ने सम्बन्धमा शिक्षा विभागले कुनै सूचना पठाएको छैन्, विभागले सूचना जारी गरेपछि हामी विद्यालय र शिक्षकलाई खबर गर्छौं।’ कार्यालयलाई जानकारी नगराई विद्यालय बन्द गर्ने प्रधानाध्यापकलाई पहिलो चरणमा चेतावनी दिएको उनले बताए। 

‘शिक्षक तथा प्रधानाध्यापक नै चुनावी अभियानमा लागेपछि तत्काल अभियान रोकेर विद्यालयमा फर्कनका लागि पहिलो पटक आग्रह गरिएको छ, उनले भने। मतदान केन्द्र रहेको विद्यालय ४ दिन विदा दिन निर्वाचन आयोगले सरकारलाई आग्रह गरिरहेको बेला जिल्लाका विद्यालय भने एक साता अगाडीदेखि नै बन्द हुन थालेपछि कार्यालयले ध्यानाकर्षण भएको जनाएको छ। 

नागरिकन्युजसँग कुरा गर्दै उनले भने, ‘विद्यालयमा पढाउन गएका शिक्षकले राजनीतिक दलको झोला बोकेर हिँडन मिल्दैन, पहिलो चोटी चेतावनी दिएका छौ, सो कार्य फेरि दोहोरिएमा कानुन वमोजिम कार्वाही गर्छौ ।

विद्यालयमा गएर निर्वाचन सम्बन्धी कुनै पनि जानकारी दिन नमिल्ने भएकाले मतदाता शिक्षा लगायतको लागि विद्यालयको प्रयोग निषेध गरिएको उनको भनाइ छ। गठबन्धनले विद्यालयमा गएर मतदाता शिक्षा दिएको सम्बन्धमा उनले भने ‘राजनीतिक दलले मतदाता शिक्षाको नाममा पाठ पढाएछन् , निर्वाचन शिक्षा कार्यकर्ताले पनि विद्यार्थीलाई सिकाउन मिल्दैन् यसका लागि हामीले सूचना जारी गरेका छौँ।’

विद्यालय बन्द भएको जनगुनासो आएको भएपनि के कति सङ्ख्यामा बन्द भएको भन्ने बारेमा जानकारी नआएको कार्यालयले जनाएको छ।  

 

प्रकाशित: ३ मंसिर २०७४ ०६:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App