१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

बडादसैँको छैटौँ दिन: आज माता कात्यायनीको पूजा आराधना गरिँदै

बडादसैँको छैटौँ दिन आज कात्यायनी देवीको पूजा आराधना गरिँदै छ। माता दुर्गाको ९ रुपमध्येकी छैटौँ कात्यायनी देवीको आज विधिपूर्वक पूजा आराधना गरिँदै छ।

आश्विन शुक्ल षष्ठी अर्थात् दुर्गा पक्षको छैटौँ दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ। जस अनुसार आज घटस्थापना गरेको स्थलमा षोडशोपचारले विधिपूर्वक कात्यायनी देवीको आह्वान गरी पूजा आराधना गरिन्छ।  

देवताहरूको कार्यसम्पादन गर्न भगवती देवी कात्यायन ऋषिका आश्रममा अत्यन्त सुन्दरी कुमारीका रुपमा अवतार लिएको तथा उनको बाल सौन्दर्यबाट मुग्ध भएर कात्यायन ऋषिले पुत्रीका रुपमा स्वीकार गरेपछि उनको नाम कात्यायनी भएको विभिन्न पौराणिक ग्रन्थमा उल्लेख गरिएको छ।  

बडादसैँको अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ।  

प्रकाशित: ३ कार्तिक २०८० ०१:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App