२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

लेखकको अपशब्द पर्‍यो महँगो

यस्ताे पनि

इटालीका प्रथम महिला प्रधानमन्त्री जर्जिया मेलोनीलाई अबास्टर्ड (अवैध सन्तान) भनेर गाली गर्ने लेखकलाई इटालीको अदालतले एक हजार जरिवाना तिराएको छ।

रोबर्टो साभियानाेको नाउँ इटालीमा निकै चर्चित छ। उनले इटालीको नेपल्स क्षेत्रमा निकै कुख्यात कामोरा माफियामाथि लेखेको उपन्यास यति चर्चित बन्यो कि पछि त्यसैको टेलिभिजन शृंखलाले संसाभर उनलाई ख्याति र पैसा पनि दिलायो। यिनै लेखकले सन् २०२० मा भएको टेलिभिजन छलफल कार्यक्रममा प्रधानमन्त्री जजिर्या लगायतका नेतालाई अ बास्टर्ड भनेका थिए।

त्यो बेला जर्जिया प्रधानमन्त्री थिइनन्। उनी विपक्षी दलको प्रमुख नेताको रूपमा चर्चित  थिइन्। दक्षिणपन्थी पार्टीकी नेताको रूपमा जर्जियाले त्यो बेला शरणार्थीको रूपमा आफ्नो मुलुक छिर्नेहरूमाथि कडा सजाय दिलाउनुपर्ने र तिनलाई  छिर्न दिन नहुने धारणा राख्दा लेखक रोबर्टोले कडा शब्दमा निन्दा गर्ने गरेका थिए। सोही क्रममा उनले बदर्स अफ इटालीको नेता जर्जियालाई अवैध आइमाई शब्द जस्तो गाली गरेका थिए।

रोमका एक अदालतले उनलाई अपशब्द प्रयोग गरेको भन्दै उनको पार्टीले हालेको मुद्दामा १० हजार युरो जरिवाना र तीन वर्ष जेल कैद सजाय माग गरी मुदा हालेको थियो।

कुनै समय खोज पत्रकारको परिचय बनाएको रोबर्टोले टेलिभिजनामा कार्यक्रममा तत्कालीन विपक्षी नेता जर्जियालाई गाली गरेका थिए। गाली पनि त्यस्तो अवस्थामा गरेका थिए, जब मेडिटेरियन समुद्र पार गर्दाका बेला एक महिला र उनको ६ महिने शिशु समुद्रमा डुबी मरेका थिए। तिनलाई समयमै उद्दार गरेको भए ज्यान जोगिने तर राजनीतिक पसल चलाउनेहरूले  उनीहरूको हत्या गरेको भन्दै उनले बास्टर्ड शब्द प्रयोग गर्दै नेतृ जर्जियालाई गाली गरेका थिए। उनले गाली गर्दा अरूलाई  पनि मुछेका थिए।

४४ वर्षे  यी लेखकलाई जरिवाना तिराइएपछि वाक स्वतन्त्रताको हनन भएको उनका प्रशंसकहरूले आरोप लगाएका छन्। उता नेतृ जर्जियाले आफू प्रधानमन्त्री हुनुअघि नै लेखक रोबर्टोलाई शृंखलाबद्ध  घृणाकारको पदवी दिने गरेकी थिइन्। उनीमाथिको यो सजाय माफी गरिनुपर्ने प्रशंसकहरूको दबाबका बीचमा प्रधानमन्त्री जर्जियाले त्यो बेला नै घृणाकारलाई जेलको स्वाद चखाउनुपर्ने बताउँदै आएकी थिइन्।

प्रकाशित: २ कार्तिक २०८० ०३:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App