१५ असार २०८१ शनिबार
image/svg+xml
समाज

धरानमा ‘बायो-इथिक्स दिवस’

‘भावी पुस्ताहरूको संरक्षण’ नारासहित विविध कार्यक्रम गरी बायो–इथिक्स दिवस–२०२३ मनाइएको छ। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा शनिबार विभिन्न सचेतनामूलक कार्यक्रमका साथै प्रतियोगितात्मक कार्यक्रम गरी दिवस मनाइएको हो।

नेपाल एकाइका प्रमुख तथा कार्यक्रम संयोजक प्राध्यापक डा. धनरत्न शाक्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्राध्यापक डा. शिवेन्द्र झाले शुभकामना तथा बधाई सन्देश दिएका थिए।

प्रतिष्ठानको मानसिक रोग विभागका प्रमुखसमेत रहेका प्राध्यापक डा. शाक्यले यस वर्षको नाराले वर्तमान पिँढीलाई भावी पुस्ताका लागि पनि साधनस्रोत, स्वास्थ्य, संस्कार, नीति, क्षमता र अधिकार सुनिश्चित हुने हिसाबले व्यवहार गर्न, निर्णय लिन र जीवन जिउन आह्वान गरेको धारणा राखे। विश्वभरि नै सञ्जाल रहेको बायो–इथिक्स समूहमा नेपाल सन् २०१३ मा संलग्न भएको हो।

सन् २०१६ देखि अक्टोबर १९ मा विश्व बायो–इथिक्स दिवस मनाउन थालिएको उनले जानकारी दिए। युनेस्कोको बायो–इथिक्स चेयरले चिकित्सा, स्वास्थ्य र जीवन विज्ञान क्षेत्रमा शिक्षा, सेवा र अनुसन्धानमा नीतिनियमको अध्यापन, तालिम र अनुसन्धानका लागि जोड दिएको छ।

दिवसका अवसरमा निबन्ध, कविता, चित्रकला पोस्टर, शोध पोस्टर, तस्बिरहरू र नाटक पनि प्रस्तुत गरिएको थियो। जसमा फोटोग्राफीमा सुरजा शाक्य, आसु झा र डा. शशांक भट्टराईले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका थिए।

त्यस्तै, आर्ट पोस्टरमा रजनी न्यौपाने, असिम भट्टराई र सुरजा शाक्य, अनुसन्धान पोस्टरमा चित्तकला पाण्डे, साहिल रञ्जन, रवि शाहको टोली र सिद्घार्थ गुप्ता, बालिका दाहाल, नकेन्द्र मल्ल, रिजन मल्लको टोली, निबन्धमा डा. सत्यम मण्डल, ओमकुमार र कविता प्रतियोगितामा सुयोग झा, विक्रम राना र पपुलर पोखरेल पुरस्कृत भएका थिए।

 वर्तमान मानव जातिका क्रियाकलाप, व्यवहार, पेसालगायत विषयमा विचार पु¥याउनुपर्ने आवश्यकता औंल्याउँदै सम्पन्न भएको सो कार्यक्रममा नेपालका विभिन्न मेडिकल कलेजहरूको सहभागिता रहेको थियो।

प्रकाशित: २८ आश्विन २०८० ०२:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App