१९ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

विपी राजमार्गमा सबै सवारीलाई टाइमकार्ड

चाडपर्व नजिकिएसँगै दुर्घट्ना न्युनिकरण गर्न विपी राजमार्गमा गुड्ने सबै सवारीलाई टाइमकार्ड लागु हुने भएको छ। विपी राजमार्गमा अत्याधिक दुर्घट्ना हुन थालेपछि टाइमकार्ड लागु गरिएको हो।

यसअघि सार्वजनिक सवारीमा मात्रै लागु भएको टाइमकार्डलाई नीजि सवारीमा समेत लगाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताइन्। सिन्धुलीस्थित विपी राजमार्गको भिमानदेखि नेपालथोकसम्म लागु हुँदै आएको टाइमकार्डमा पुनरावलोकन गरी भिमानदेखि सिन्धुलीमाढी सडक खण्डमा हटाइएको छ। 

यस्तै सिन्धुलीमाढीदेखि खुर्कोटसम्को ३९ किलोमिटर सडकमा ठुला यात्रुवाहक सवारीलाई एक घण्टा ३० मिनेटको समय राखिएको छ। साना यात्रुवाहक सवारीलाई १ घण्टा १५ मिनेटको समय राखिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख राजकुमार सिलवालले जानकारी दिए। उनका अनुसार खुर्कोट नेपालथोक सडक खण्डमा साना सवारीलाई ५५ मिनेट र ठुला सवारीलाई एक घण्टा १५ मिनेटको समय राखिएको छ। खुर्कोट नेपालथोक खण्डमा ३३ किलोमिटर सडक पर्छ। यसैगरि साना मोटसाइकल र नीजि सवारीलाई सिन्धुलीको कमलामाई नगरपालिका ४ हिरा पानी देखि खुर्कोट सम्मलाई एक घण्टा टाइम तोकिएको छ। खुर्कोट नेपालथोकलाई ४५ मिनेट समय निर्धारण गरिएको छ। विपी राजमार्गमा दुर्घट्ना न्युनिकरण गर्नका लागि टाइमकार्ड व्यवस्थापन पुनरावलोकन गर्न समिति नै गठन गरी समितिले दिएको प्रतिवेदनका आधारमा पुनरावलोकन गर्दै थप कडाइ गरिएको प्रजिअ सुनिता नेपालले जानकारी दिइन्।

दैनिक दुर्घट्ना बढ्दै गएपछि नीजि गाडीहरूको तीव्र गति दुर्घटनाको कारण बनेको भन्दै मोटसाइकल सहित सबै नीजि तथा सार्वजनिक गाडीलाई टाइमकार्ड लगाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सिलवालले बताए। टाइमकार्ड अनुसार नियम मिच्नेलाई हामी कडा कारबाही गर्छौ, उनले भने, दुर्घट्ना न्युनिकरण होस भन्नकै लागि लगाइएको टाइमकार्डको दुरुपयोग हुनु भएन।' 

प्रकाशित: २६ आश्विन २०८० १३:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App