२५ असार २०८१ मंगलबार
image/svg+xml
समाज

युवा संघको नगर अधिवेशन उद्घाटन गर्न गएका बस्नेतको गाडिमा आक्रमण

नेकपा एमालेका नेता महेश बस्नेत प्रमुख अतिथि भएको कार्यक्रम बिथोल्ने प्रयास भएको छ। झापाको अर्जनुधारामा आयोजना भएको नगर अधिवेशनको उद्घाटन गर्न बस्नेत आएका थिए।

बिहीबार युवा संघ नगर कमिटीको प्रथम अधिवेशनमा बस्नेत प्रमुख अतिथि थिए। उनी सहभागी भएको कार्यक्रम बिथोल्ने प्रयास भएको झापा प्रहरीले जनाएको छ। झापा प्रहरी प्रमुख एसपी दुर्गाराज रेग्मीले अनुसार दुर्गा प्रसाईं र पहिचानवादीको समूहले बस्नेत अतिथि रहेको नगर कमिटीको अधिवेशन विथाल्ने प्रयास गरेको बताए।

बजारमा हल्ला भए जस्तो बस्नेतमाथि वा उनी सवार सवारीसाधनमाथि कुनै किसिमको आक्रमण तथा प्रयास समेत नभएको बताउँदै, एसपी रेग्मीले भने, ‘शान्तिपूर्वक बस्नेतले अधिवेशन उद्घाटन गरेर काठमाडौं फर्कंन लागेका छन्। उनी अहिले विमानस्थलमा छन्। कार्यक्रम बिथोल्न आउने समूहलाई कार्यक्रम स्थलभन्दा धेरै पर नै रोकेर राख्यौँ।’

दुई समूह मिलेर कार्यक्रम बिथोल्न आउँदै गर्दा प्रहरीले सामान्य बल प्रयोग गरेको जनाएको छ। उनीहरुले कार्यक्रममा सहभागिता जनाउन आएकाहरूको सवारी साधनमाथि आक्रमण गर्न थालेपछि प्रहरीले बल प्रयोग गर्नु परेको बताएका छन्।

कार्यक्रम स्थल साँघुरो भएकाले त्यहाँ आएकाहरूले कार्यक्रम स्थलभन्दा ५÷६ मिटर टाढा सवारीसाधन पार्किङ गरेको बताउँदै, एसपी रेग्मीले भने, ‘कार्यक्रम बिथोल्न आएकाको समूहले त्यहाँका सवारी साधनमाथि आक्रमण गर्न थालेपछि प्रहरीले सामान्य बल प्रयोग गरेको थियो । स्थितिलाई नियन्त्रणमा लिन २ सेल टियर ग्यास प्रहार ग¥यो। भीड नियन्त्रण लिने क्रममा एक जना वरिष्ठ हवल्दार सामान्य घाइते भए। आन्दोलनकारीतर्फ घाइते भएको जानकारी छैन।’

युवा संघको प्रथम नगर कमिटीको अधिवेशन उद्घाटन र खुला सत्र सकिएको छ।

प्रकाशित: २५ आश्विन २०८० १३:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App