२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

इजरायलमा अवतरण गर्‍यो नेपाल एयरलाइन्सको जहाज (तस्बिरहरु)

तस्बिर: परराष्ट्रमन्त्री एनपी साउदको सचिवालय।

इजरायलमा रहेका नेपालीको उद्धारका लागि गएको नेपाल वायु सेवा निगमको जहाज इजरायलमा अवतरण गरेको छ।

परराष्ट्रमन्त्री एनपी साउदको सचिवालयका अनुसार नेपाली समय अनुसार दिउँसो १ बजेर ५५ मिनेटमा इजरायलको तेल अविवका विमानस्थलमा जहाज अवतरण गरेको हो।

जहाज दुई घन्टा होल्ड हुने छ र ३ बजेर ५५ मिनेटमा नेपाल फर्कने छ।

नेपाल फर्किन चाहेका करिब चार सय नेपाली नागरिकमध्ये सो जहाजमा २५० जना नेपाली फर्किने छन्।

प्रकाशित: २५ आश्विन २०८० ०८:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App