२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

डान्सबारमा लफडा गरेपछि पक्राउ परेका राराब क्याम्पसका सभापति यादव रिहा

जनकपुरधामको रामसागर रामसरुप बहुमुखी (राराब) क्याम्पसका स्ववियू सभापति मनिष यादव  रिहा भएका छन्।

बुधवार राति धनुषाको ढल्केवरस्थित सम्राट डान्सबारमा केटीको विषयमा दुई समुहबीच विवाद र कुटाकुट भएपछि यादवलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। 

ढल्केबरका प्रहरी निरीक्षक राजकिशोर साहले सभापति यादवलाई रातभर थुनामा राखेर आज बिहान छोडेको बताए। उनले दुबै पक्ष छलफल गरी विवाद मिलाउन सहमति गरेपछि आज बिहान सभापति यादवलाई छाडिएको बताए।

केटीको विषयमा लफडा भएपछि डान्सबारका सञ्चालकले सभापति यादवसहित दुबै पक्षका व्यक्तिलाई बाहिर निकालेको थियो। बाहिर निकालिएका दुबैजनाको समुहबीच चौकमा पनि झडप पनि भएपछि इलाका प्रहरी कार्यलय ढल्केरको प्रहरीले सभापति यादवलाई नियन्त्रणमा लिएको थियो।

बारबाट बाहिर निस्केर चोकमा पनि दुई पक्षबीच झडप भएको र झडपमा दुई जना घाइते भएको प्रहरीले बताएको छ। घाइतेको अवस्था सामान्य रहेको छ।  

प्रकाशित: २५ आश्विन २०८० ०७:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App