२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

न्यायाधीश अभाव हुँदा सन्दीपविरुद्धको मुद्दाको पेसी स्थगित

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ बिहीबार  पनि स्थगित भएको छ।

न्यायाधीश अभावका कारण सन्दीपको मुद्दा स्थगित भएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले बताए।

दाहालका अनुसार काठमाडौं जिल्ला अदालतमा ६ जना न्यायाधीश सरुवा भएर आउनै बाँकी छ भने तीन जना न्यायाधीश बिदामा छन्।  न्यायाधीश नभएकै कारण बिहीबार तोकिएको सन्दीपविरुद्धको मुद्दा स्थगित भएको हो।   

गत कात्तिकदेखि लामिछानेविरुद्धको मुद्दा जिल्ला अदालतमा २६ पटकसम्म पेसी चढिसकेको छ। यो मुद्दामा १३ जना छुट्टाछुट्टै न्यायाधीशको इजलासमा सुनुवाइसमेत भइसकेको छ।

२०७९ कात्तिक १४ मा काठमाडौं जिल्ला अदालतमा दर्ता भएको मुद्दा लम्बिँदै गएको हो। सर्वोच्च अदालतले यो मुद्दालाई फास्ट ट्र्याक अर्थात् प्राथमिकतामा राखेर छिटोभन्दा छिटो टुंगो लगाउनसमेत आदेश गरिसकेको छ। 

प्रकाशित: २५ आश्विन २०८० ०७:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App