६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

सरकारसंग अभिभावककाे गुहार: इजरायलबाट बच्चाहरुलाई सुरक्षित फिर्ता गराइदेउ

पीडितहरुले इजरायलमा जारी द्वन्द्वको चपेटामा परेका आफन्तहरुलाई तत्काल उद्धार गर्न सरकारसँग आग्रह गरेका छन्।

सोमवार बिहान परराष्ट्र मन्त्रालयमा पुगेर उनीहरुले परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसँग द्वन्द्वको चपेटामा परेका लोकेन्द्रबहादुर बिष्टसहितका नौं जना विद्यार्थीहरुको तत्काल सुरक्षित ढंगले नेपाल ल्याउन आग्रह गरेका हुन्। 

हमासले आक्रमण गरेको गाजा क्षेत्र नजिकै रहेका उनीहरु आक्रमणको शिकार हुने डरले आत्तिइरहेकाले तत्काल सुरक्षित ढंगले उद्धार गर्न मन्त्री साउदलाई आग्रह गरिएको लोकेन्द्रकी काकी आमा चन्द्रा बिष्टले बताइन्।

सुदूरपश्चिम विश्वविद्यालयमा अध्ययन गरेका लोकेन्द्र, रमेश कार्कीसहितका नौ जना विद्यार्थीहरु अध्ययनका लागि इजरायल गएका थिए। उनीहरुसँग आधा घण्टामा सम्पर्क हुने गरेको तर आक्रमणको डरले उनीहरु तनावमा रहेकाले सरकारले उनीहरुलाई सुरक्षित ढंगले नेपाल फिर्ता ल्याउन ढिलाई गर्न नहुने पनि चन्द्राले बताइन्।

उनले भनिन्, ‘बच्चासँग हामी आधिआधि घण्टामा कन्ट्याकमा छौं। उसले कुरा गर्न पाईराखेको छ। त्यस्तो कन्ट्याक्टविहिन चाँही भएको छैन। हिजो रातिबाट युद्ध घोषणा भएकाले बच्चाहरु आत्तिईराखेका छन्। युद्ध घोषणा भइसक्यो उता चाहीँ। अब चाहीँ हाम्रो नेपालबाट परराष्ट्रमन्त्रीज्युले छिटो, छरितो एकदम तन, मन लगाएर आफ्नो बच्चाहरुलाई छिटो लिएर आउनु प¥यो। यो हाम्रो मात्रै चिन्ताको विषय होइन। उहाँहरुले पनि चिन्ता गर्नु पर्छ। उनीहरु अहिलेसम्म चाँही सेफमै बसेका छन्। बंकर छैन। उनीहरु आत्तिराखेका छन। हामीलाई बंकर भएको ठाउँतिर छिटो सारिदिनु प¥यो भनेर भनिरहेका छन। उनीहरु त्यो ठाउँबाट भन्दा २५५ किलोमिटर भित्र नै छन। फेरि हामीहरुकोमा नआउला भन्न सकिँदैन। छिटो हामीलाई उद्धार गर भनेर हामीलाई बारम्बार तनाव दिईरहेका छन्। फोन गरिरहेका छन। सुरक्षित ढंगले छिटो हाम्रा बच्चाहरुलाई फिर्ता गराइदेउ सरकार।’

प्रकाशित: २२ आश्विन २०८० ०७:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App