२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

जनकपुरधामस्थित बिग मार्टमा आगलागी

जनकपुरधामस्थित बिग मार्टमा आगलागी भएको छ। गयराति जनकपुरधाम उपमहानगरपालिका–८ स्थित रामबबु राय यादवले सञ्चालन गर्दै आएको मार्टमा आगलागी भएको हो।  

यादवको साढे दुई तल्ले भवनमा सञ्चालनमा रहेको मार्टमा राति करिब एकबजे तिर लागेको आगो आज बिहान मात्रै नियन्त्रणमा आएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले बताए।

राति सवाँ एकबजे तिर लागेको आगो जनकपुरधाम उपमहानगरपालिसहित अन्य पालिकाबाट आएको ५ वटा वारुण यन्त्रको सहयोगमा नियन्त्रणमा लिइएको पनि उनले बताए। आगलागीमा कुनैपनि मानवीय क्षति भने नभएको उनले जानकारी दिए।  

आगलागीबाट मार्टमा रहेका सम्पूर्ण सामान जलेर नष्ट भएको छ भने घरमा समेत क्षति पुगेको छ।  

मार्टका सञ्चालक यादवका अनुसार आगलागीका कारण १० करोडभन्दा बढीको क्षति भएको दावी गरेका छन्।

प्रकाशित: २१ आश्विन २०८० ०२:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App