१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

वीरगन्जको मुहार बदल्ने योजना पुस मसान्तभित्र सम्पन्न गर्न मेयरको निर्देशन

आयोजनाको काम निरिक्षण गर्दै वीरगन्जका नवनिर्वाचित मेयर विजय सरावगीसहित सरोकारवालाहरु। तस्विरः रितेश

वीरगन्ज—निर्धारित समयभन्दा १६ महिना ढिलो हुँदा पनि सम्पन्न गर्न २० प्रतिशत काम अझै बाँकी रहेको ‘मझौला शहर एकीकृत शहरी वातावरणीय सुधार आयोजना’को काम आउँदो पुस मसान्तभित्र सक्न वीरगन्ज महानगरपालिकाका नवनिर्वाचित प्रमुख विजय सरावगीले निर्देशन दिएका छन्। योजना कार्यन्यवन गर्ने कार्यालय, परामर्शदाता कन्सल्टेन्ट विज्ञहरु र अन्य सरोकारवालासँग छलफलपछि पुस मसन्तभित्र काम पूरा गर्ने गरी तीब्रता दिन उनले निर्देशन दिएका हुन्।

एशियाली विकास बैंकको ८१ प्रतिशत र नगर विकास कोषको ११ प्रतिशत रकम ऋण र आयोजना कार्यन्यवन गर्ने शहरको ८ प्रतिशत लगानीमा वीरगन्जमा ‘मझौला शहर एकीकृत शहरी वातावरणीय सुधार आयोजना’ वीरगन्जमा कार्यन्यवन भइरहेको छ। योजना अन्तर्गत ५३ किलोमिटर बर्खे नला बनाउने काममा १२ मिटर मात्र बाँकी छ। ४२.२३ किलोमिटर ढल, १५.२० किलोमिटर घरेलु पानीको नाला र ५.१५ किलोमिटर भूमिगत नाला बनाउने र ६.०४ किलोमिटरको प्रकृतिक नाला ब्यवस्थित गर्ने काम योजना अन्तर्गत गर्न लागिएको योजना कार्यन्यवन कार्यालयका योजना ब्यवस्थापक शैलेन्द्र श्रेष्ठले बताए। उनका अनुसार ८० प्रतिशत काम सकिसकेको छ।  

‘वीरगन्जको लागि अहिले यो योजनाको काम पुृरा हुन नितान्त जरुरी छ, अहिलेसम्म जति ढिलो हुने थियो भयो, अब स्थानीय समस्याहरुको ब्यवस्थापन गर्ने जिम्मा हाम्रो हो,’ ठेकेदार र सरोकारवालालाई सम्बोधन गर्दै सरावगीले भने, ‘काम चाँडोभन्दा चाँडो सम्पन्न गरेर दिने जिम्मा तपाईहरुको हो। समन्यव गरेर गयौं भने पुससम्ममा लगभग कामहरु पुरा हुने मैले देखेको छुँ।’ 

२०७१ बैशाखदेखि सुरु भएको काम योजनाको सम्झौताअनुसार ७५० अर्थात २५ महिनामा अर्थात २०७३ जेठमा सकिसक्नु पर्ने थियो। अन्तिम अवधि सकिएको १६ महिना बितिसक्दा पनि २० प्रतिशत काम अझै बाँकी छ। मूल्य अभिवृद्धि कर सहित २ अर्ब ४८ करोड ३६ लाख १ हजार रुपैयाँमा चिनिया निर्माण कम्पनी सिटीसिइ र नेपालको कालिका कन्सट्रक्सनले संयुक्त रुपमा काम गरिरहेका छन्। 

देशमा ब्यपारबाट आउने राजश्वको ६० प्रतिशत बढी संकलन हुने ब्यपारिक नाका रहेको आर्थिक नगरी वीरगन्जको कारोबार योजना ढिलाईले प्रभावित छ। स्थानीयको दैनिक जीवन, यातायात र ब्यपार ब्यवसायदेखि सरकारी अड्डाहरुसम्म प्रभावित हुँदा पछिल्लो समयमा यो योजना सर्वार्धिक चासोको विषय बनेको छ।

छ महिने मधेश बन्द र बेलाबेलामा हुने ढुंगा, गिट्टी बालुवा लगायत समग्रीको अभावले योजनालाई पछाडि धेकेलेको निर्माण कम्पनीको भनाइ छ। योजना कार्यन्यवन गर्ने कार्यालयका अधिकारीहरु, परामर्शदाता कन्सल्टेन्ट विज्ञहरु, निर्माण कम्पनीका प्रतिनिधि समेतको टोली सहित महानगरपालिकाका मेयर सरावगीले योजनाका मुख्य कामहरुको निरिक्षण गरेका छन्। विभिन्न ठाउँमा रहेको स्थानीय बिवाद र बाधाहरु फुकाउन उनले पहल थालेको जनाएका छन्। ‘वीरगन्जको लागि अहिले यो योजनाको काम पुृरा हुन नितान्त जरुरी छ, अहिलेसम्म जति ढिलो हुने थियो भयो, अब स्थानीय समस्याहरुको ब्यवस्थापन गर्ने जिम्मा हाम्रो हो,’ ठेकेदार र सरोकारवालालाई सम्बोधन गर्दै सरावगीले भने, ‘काम चाँडोभन्दा चाँडो सम्पन्न गरेर दिने जिम्मा तपाईहरुको हो। समन्यव गरेर गयौं भने पुससम्ममा लगभग कामहरु पुरा हुने मैले देखेको छुँ।’ 

सरावगीको कुरासँग परामर्शदाता कन्सल्टेन्टहरु पनि सहमत छन्। ‘नाला बनाउने क्रममा खनिएका बाटोहरु, केही अरु बाटोहरुको केही खण्डहरुमा काम बाँकी छ,’ कन्सल्टेन्ट इन्जिनियर भुपेन्द्रमान शाक्यले नागरिकन्युजसँग भने, ‘बेसहरु बनिसकेको ठाउँमा कालोपत्रेको काममा बढी समय लाग्ने होइन। मलाई लग्छ मंसिर पुससम्म ती सबै कामहरु पूरा भइसक्ने छन्।’ निर्माण काम सकिएपछि गर्नुपर्ने कामहरु बोर्डहरु राख्ने, सडकमा चिन्ह र रेखाहरु कोर्ने लगायतका सानातिना काममा थप केही समय लाग्ने उनले बताए।

केही ठाउँमा देखिएका स्थानीय समस्याहरुलाई समाधान गरेर काम सम्पन्न गर्न सके अबको केही महिनाभित्रै वीरगन्जको मुहार फेरिने योजना ब्यवस्थापक श्रेष्ठको दाबी छ। अहिले आफुहरु एकाग्र रुपमा योजना चाँडो सम्पन्न गर्नेतिर लागेको उनले बताए।

 

प्रकाशित: २४ आश्विन २०७४ १३:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App