१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

कास्कीका डिएसपी जोशी र डाक्टर कुट्ने इन्स्पेन्टर श्रेष्ठको सरुवा

जिल्ला प्रहरी कार्यालय कास्कीका  प्रहरी नायब उपरीक्षक (डिएसपी) बेद प्रकाश जोशी  र प्रहरी निरीक्षक (इन्स्पेन्टर) मदन श्रेष्ठको सरुवा भएको छ।

प्रहरी नायब उपरीक्षक (डिएसपी) बेद प्रकाश जोशीकाे प्रहरी प्रधान कार्यालमा र इन्स्पेन्टर श्रेष्ठको उपत्यका प्रहरी गण २ नम्बरमा सरुवा भएको कास्कीका प्रहरी प्रमुख मोहन थापाले जानकारी दिए।

थापा भन्छन्,  'श्रेष्ठको उपत्यका प्रहरी गण २ नम्बरमा र प्रहरी नायब उपरीक्षक जोशीको प्रहरी प्रधान कार्यालमा सरुवा भएको छ। आन्दोलनरत चिकित्सकलाई कुटे भनी अभिव्यक्ति दिएको कारण श्रेष्ठको सरुवा भएको हुनसक्छ। तर जोशीको सरुवाको कारण थाहा छैन्।' 

इन्स्पेन्टर श्रेष्ठले पीडित परिवारका आफन्त तथा शुभचिन्तकको आक्रोसित भीडमा पुगेर चिकित्सकलाई लाठी चार्ज र ओठ नै फुट्ने गरी हाने भनेको भिडियो मंगलबार सामाजिक सञ्जालमा आएको थियो।

मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि आक्रमण भएपछि अहिले देशभरका चिकित्सकहरु आन्दोलित भएका छन्। 

प्रकाशित: १० आश्विन २०८० ०९:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App