५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

टर्की पठाइदिन्छु भन्दै ठगी गर्ने महिला पोखराबाट पक्राउ

 वैदेशिक रोजगारीका लागि टर्की पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन्।

टर्की पठाउने भन्दै एक करोडभन्दा बढी ठगी गर्ने पोखरा महानगरपालिका ५ लेखनाथकी ३२ वर्षीय सुरुची भुजेल पक्राउ परेकी हुन्। उनले टर्कीमा सेवा सुविधासहित राम्रो तलब पाइन्छ भन्दै धेरै व्यक्तिसँग लाखौं पैसा लिएको पाइएको छ।

उक्त ठगीमा भुजेल मात्र नभएर पोखराकै ४२ वर्षीय विनोद श्रेष्ठ पनि संलग्न रहेको पाइएको छ। उनीहरूले सिर्जनकुमार राईसहित अन्य ३० जनालाई टर्की पठाइदिन्छु भन्दै ठगी गरेका थिए। उनीहरूले ३० जनाबाट १ करोड १५ लाख ९९ हजार ८ सय रूपैयाँ ठगी गरेको जाहेरी प्रहरीकोमा परेको छ।

भूकम्पपछि पुनर्निर्माणका लागि यूएनले सहयोग गर्ने उद्देश्यले मासिक १४ सय अमेरिकी डलर तलब दिने प्रलोभन देखाई पीडितबाट पैसा उठाएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ।  

वैदेशिक रोजगार विभागले पठाएको पत्रका आधारमा सीआईबीको टोलीले आवश्यक कारबाहीका लागि भुजेललाई शनिबार पोखराबाट पक्राउ गरेको थियो। काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्याद लिई ठगीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए। साथै यस ठगीमा परेका व्यक्तिहरूलाई यथाशीघ्र सम्पर्कमा आउनसमेत सीआईबीले आग्रह गरेको छ।

प्रकाशित: ९ आश्विन २०८० १२:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App