१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

लोग्ने छँदै प्रेमी भित्र्याउनेहरू

यस्तो पनि !

हरेक शनिबार द न्युयोर्क टाइम्स पत्रिकामा ‘मोडर्न लभ’ शीर्षकको स्तम्भ प्रकाशित हुनेगर्छ । यही स्तम्भमा गएको शनिबार ‘ब्रिजिङ एन एज ग्याप अफ थर्टी फोर इयर्स’ आलेख प्रकाशित छ । जसमा कलेज पढ्दै गर्दा आफ्नै पढाउने प्राध्यापकसँग बिहे गरेकी सोन्जा फ्लाक ४५ वर्षको उमेरमा नवयुवक प्रेमी फेला पारेपछि घर निम्त्याउँदा उनको ८० वर्ष उकालो लागेका पतिले स्वीकारेको कथा छ ।

समय परिवर्तन हुँदै जाँदा कसरी वृद्ध उमेरका लोग्नेले तुलनात्मक रूपमा जवान श्रीमतीलाई तिनका प्रेमीहरूलाई घरैमा बस्ने व्यवस्था मिलाउँदा रहेछन्, त्यसपछिका सजिला–अप्ठेरा कस्ता हुँदारहेछन् भन्नेबारे उक्त स्तम्भमा सोन्जाले खुलेर लेखेकी छन् ।  

यस्तै एउटा अनुभव आइतबार क्यारोलिन गेभिनले गार्डियन पत्रिकामा पनि अभिव्यक्त गरेकी छन् । सानै उमेरमा आफ्ना अभिभावकको पारपाचुके भएपछि क्यारोलिनले जीवनभर पारपाचुके नगर्ने कसम खाएकी थिइन् । पारपाचुके भए पनि यस्तो व्यक्ति होस्, जससँग राम्रै सम्बन्ध कायम रहिरहोस् ।

नीलसँग बिहेको तीन वर्षमै दुई सन्तान जन्माएर पारपाचुके लिने योजना बनाउँदै गर्दा क्यारोलिनले इयान फेला पारिन् । उता नीलका लागि नयाँ साथी खोज्नु, घर सर्नु र छोराछोरीलाई समय दिनु निकै महँगो हुने देखे । त्यसैले दुवैले सल्लाह गरी एउटै घरमा बस्ने, छोराछोरी नियाल्ने तर मन परेका मान्छेलाई घरमा ल्याउन पाउनेमा सहमति जनाए ।

यतिबेला क्यारोलिनले पारपाचुके नलिइकनै घरमा इयानसँग बस्न थालेकी छन् । नीललाई पनि इयान आएकामा आपत्ति छैन । बरु, आफूले कार्यालयको घनीभूत कामका कारण छोराछोरीलाई समय दिन नसक्दा उनैले सन्तान स्याहारेको देख्दा खुसी नै मान्ने गरेका छन् । यसरी एउटै छतमा दुई पुरुष, एक स्त्री र दुई सन्तान बस्न थालेको निकै भइसकेको छ ।  

क्यारोलिनले गार्डियन मा लेखेकी छन्, ‘कहिलेकाहीँ इयानलाई घरमै आफ्ना जारसँग कुराकानी गर्नुपर्दा अप्ठेरो महसुस त हुन्छ तर घरमा सदस्यहरू थपिनु चाहिँ रमाइलै हुँदोरहेछ ।’

 

प्रस्तुतिः अच्युत कोइराला

प्रकाशित: ९ आश्विन २०८० ०४:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App