२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

मन्त्रीको पीए हुँ भन्दै ठगी गर्ने एकजना पक्राउ

सुदूरपश्चिम प्रदेश सरकारका विभिन्न मन्त्रीको स्वकिय सचिव हुँ भन्दै विगत तीन महिनादेखि ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्री, भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री र सामाजिक विकास मन्त्रीको स्वकिय सचिव हुँ भनि ठगी गर्दै आएका कालिकोट जिल्ला शुभकालिका गाँउपालिका–८ मुग्राहका २९ वर्षीय अम्मरराज सेजुवाललाई कैलाली प्रहरीले नेपालगंजको एक होटलबाट पक्राउ गरेको हो।

मन्त्रीकको स्वकिय सचिव हुँ भन्दै नेपालगंजमा वसेर सुदूरपश्चिमका मन्त्रालय मातहतका विभिन्न जिल्लाका कर्मचारी र व्यक्तीलाई फोन गरि आफ्नो ईसेवामा पैसा हाल्न लगाई ठगि गर्ने सेजुवाललाई नेपालगंजबाट पक्राउ गरेर ल्याईएको कैलाली जिल्लाका प्रहरी उपरिक्षक देवेन्द्र पालले बताए।

मन्त्रीको पीए हुँ भन्दै ठगि गर्ने व्यक्तीले सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका कर्मचारी र व्यक्तीलाई फोन गरेर ठगि गरेको जाहेरी परेपछि प्रहरीले ती व्यक्तीको खोजी गरिएको थियो। खोजी गर्दा नेपालगंज पुष्पलाल चोक नजिकको एक होटलमा ती व्यक्तीलाई फेला पारेको उनले बताए। शनिबार पक्राउ गरेर ल्याई ठगि मुद्धामा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरिएको उनले बताए।

यस अघि कर्णाली प्रदेशको कृषी मन्त्रालयको मन्त्रीको सचिवालयमा रहेका सेजुवाल त्यहाँबाट हटाएपछि नेपालगंज आएर सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रीको नामबाट पैसा उठाउन शुरु गरेको एसपी पालले बताए।  ‘ठूलो ठगि गर्ने भन्दा पनि जिविकोपार्जन गर्ने उदेश्यले एकजना बाट २ देखि ५, ७ हजार रुपैया माग्ने गरेको पाइएको छ’ उनले भने। नेपालगंंज होटलमा पत्नी सँगै उनी बसेका थिए। उनले विगत ३ महिनादेखि सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रीको स्वकिय सचिव हँु भन्दै पैसा उठाउदै आएका थिए।

प्रकाशित: ८ आश्विन २०८० १२:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App