४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

कान्तीदेबी हत्या अनुसन्धानमा अझै अन्यौलता

पर्साको जगरनाथपुर गाउँपालिकाको मसिहानीमा भएको हत्याको घटनामा ६ दिन बितिसक्दा पनि प्रहरीको अनुसन्धान टुंगो लाग्न सकेको छैन्।

मसिहानी वडा नम्बर ५ मा एक्लै बस्दै आएकी ४० वार्षी कान्ती देबी मुखिया बिनको घाँटी रेटी हत्या भएको थियो।  

आफ्नै घरमा उनी अर्धनग्न अवस्थामा मृत फेला परेकी थिइन्। विहानदेखि दिउँसोसम्म घरबाट ननिस्केपछि स्थानीयले उनलाई मृत अवस्थामा देखेका थिए। त्यसपछि प्रहरीलाई खबर गरेका थिए।

घटनास्थलमा पुगेको प्रहरीको प्रारम्भिक अनुसन्धानले धारिलो हतियारको प्रयोगले हत्या गरेको देखाएको छ। यही आधारमा प्रहरीले अनुसन्धान सुरु गरेको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा शंखाको घेरामा परेका थिए मृत कान्ती देबीको आफन्त लालबाबु बिन। बिन नातामा मृतकका देवर पर्दछन्। बिनमाथि अनुसन्धान सुरु गरेको प्रहरीले अन्तत बिनले हत्या गरेको स्वकार गरेका छन्।  

यही आधारमा प्रहरीले थप ३ जनालाई पक्राउ गरेको छ। तर उनीहरुमाथि अनुसन्धान भइरहेको भन्दै प्रहरीले अहिलेसम्म सार्वजनिक भने गरेको छैन।

यता पक्राउ परेकाहरुले धारिलो हतियार (रड र हसिया) को प्रयोगले हत्या गरेको बताएका छन्। जुन अहिलेसम्म फेला परेको छैन। स्रोतका अनुसार हतियारहरु फेला नपरेकै कारण अनुसन्धानमा प्रहरीलाई कठिनाइ आएको छ। 

प्रकाशित: ७ आश्विन २०८० १३:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App