१५ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

विमानस्थलको मेसिन बिग्रिदा घन्टौंसम्म लाइन बस्न बाध्य

पथरी (मोरङ)- विराटनगर विमानस्थलको सुरक्षा चेक–जाँच गर्ने एक्स–रे मेसिन बिग्रिएकोले नबन्दासम्म यात्रुलाई समस्या हुने भएको छ।

विराटनगर विमानस्थलको सुरक्षा चेक–जाँच गर्ने एक्स–रे मेसिन बिग्रिएर बन्द भएको दुई महिना बिते पनि सुचारु नहुँदा सर्वसाधारण मारमा परेका हुन् ।

गत साउनको अन्तिम साता आएको बाढीले बगाएर ल्याएको लेदो विमानस्थलका दुईवटै एक्स–रे मेसिनमा पसेर बिग्रिएपछि अहिलेसम्म सञ्चालन हुन नसक्दा सर्वसाधारण यात्रु मारमा परेका हुन् ।

यात्रुले ल्याएका सामान चेक–जाँच गर्ने होल्ड ब्यागेज एक्स–रे मेसिन र यात्रुले आफुसँग बोकी ल्याएको ब्याग चेक–जाँच गर्ने हेन्ड ब्यागेज एक्स–रे मेसिन बिग्रिएको छ।

मेसिन बिग्रिएपछि यात्रुले चेक–जाँच गराउन घन्टौंसम्म लाइन बस्नुपर्दा सास्ती बढेको यात्रु डा. निर्मल बरालको गुनासो छ । एक्स–रे मेसिन चालु अवस्थामा हुँदा पाँच मिनेटमै चेकजाँच सकिने भए पनि अहिले विमानस्थलका सुरक्षाकर्मीले सबै ब्याग, सुटकेस र झोलाका सबै सामान एक/एक गरी चेक गर्नुपर्ने भएकाले तथा शरीरसमेत छामेर चेक गर्नु परेकाले यात्रुलाई धेरै समय कुर्नुपर्ने बाध्यता छ।

विराटनगरबाट काठमाडौं जान लागेका डा. रमेश बस्नेतले विमानस्थलमा निकै झन्झट व्यहोर्नु परेको बताए। विराटनगर नागरिक उड्डयन कार्यालयका प्रमुख सुरेसमान सिंहले एक्स–रे मेसिन बिग्रिएकाले यात्रुलाई केही असुविधा भएको स्वीकार गरे।

प्रमुख सिंहले कार्ड बिग्रिएपछि नबन्ने हुनाले नयाँ खरिद गर्नुपर्ने हुँदा कार्यालयले पहल गरिरहेको बताए। रासस
 

 

प्रकाशित: १५ आश्विन २०७४ ०८:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App