अवैध लागूऔषध सहित प्रहरीले विभिन्न स्थानबाट १३ जनालाई नियन्त्रणमा लिएको छ।
सिन्धुली, कमलामाई नगरपालिका-९ भिमानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम ५ सय ६० मिलिग्राम सहित महोत्तरी सोनमा गाउँपालिका-२ बस्ने २२ वर्षीय रवि यादव समेत २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दीबास समेतबाट खटिएको प्रहरीले जनकपुरबाट काठमाडौंतर्फ जाँदै गरेको म.प्र.०२-००९ प ०९८४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो।
यसैगरी सिन्धुली, कमलामाई नगरपालिका-९ भिमानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ५० मिलिग्राम सहित उदयपुर त्रियुगा नगरपालिका-११ बस्ने २५ वर्षीय मोहन बुढाथोकीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दीबास समेतबाट खटिएको प्रहरीले झापाबाट काठमाडौंतर्फ जाँदै गरेको बा.४ ख २४९० नम्बरको हायस जाँच गर्ने क्रममा चालक मोहनको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो।
बाँके, जानकी गाउँपालिका-६ कैरातीपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३५ वर्षीय सुवास कुमार गडरियालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी गनापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
मोरङ, बुढीगंगा गाउँपालिका-२ टंकी चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम २ मिलिग्राम सहित सुनसरी हरिनगरा गाउँपालिका-७ बस्ने ३४ वर्षीय इक्रामुल जटलाई गए राति प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय निमुवाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो। साथै थप अनुसन्धानको लागि १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नवलपरासी पूर्व, कावासोती नगरपालिका-८ बाट नियन्त्रित लागूऔषध डाईजेपाम ३१ एम्पुल, फेनारगन १६ एम्पुल र बुप्रेनोर्फिन ४० एम्पुल सहित चितवन भरतपुर महानगरपालिका-११ मालपोत चोक बस्ने २८ वर्षीय बिवेक थापालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ।
अस्थायी प्रहरी पोष्ट दलदलेबाट खटिएको प्रहरीले बा.७६ प ७४९५ नम्बरको स्कुटरमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो।
रौतहट, गौर नगरपालिका-२ कबरगाहबाट अवैध लागूऔषध गाँजा करिब ५ किलो ५५ ग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ गढवा टोल बस्ने ३१ वर्षीय राकेश कुश्वाहा र २६ वर्षीय सुनिल कुमार बैठा रहेका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले बिआर ०५ एस ६६०९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो।
कैलाली, धनगढी उपमहानगरपालिका-३ त्रिनगर ब्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ४ सय ६० मिलिग्राम सहित बाजुरा बुढीगंगा नगरपालिका-५ बस्ने २५ वर्षीय नरेन्द्र बहादुर शाहलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
सिराहा, सुखीपुर नगरपालिका-८ सुखीपुर बजारबाट अवैध लागूऔषध गाँजा २० किलो ८ सय ९० ग्राम सहित धनगढीमाइ नगरपालिका-१४ बस्ने ४९ वर्षीय उमेश कुमार आले मगरलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजार समेतबाट खटिएको प्रहरीले स.७ प ६६२७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो।
सुनसरी, इनरूवा नगरपालिका-४ बसचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ७ सय ७० मिलिग्राम सहित ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा रामधुनी नगरपालिका-८ बस्ने २३ वर्षीय नितेश चौधरी, २३ वर्षीय अर्पन राई र इटहरी उपमहानगरपालिका-१३ बस्ने ३५ वर्षीय मिलन कुमार चौधरी रहेका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले नितेश र अर्पनलाई ७ सय १० मिलिग्राम तथा मिलनलाई ५ ग्राम ६० मिलिग्राम उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो।
प्रकाशित: ३० जेष्ठ २०८३ १७:३३ शनिबार





