५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

द्रुत बसले सेवा दिन थाल्यो,४५ मिनेटमै यात्रा गर्न सकिने (तस्बिरसहित)

तस्बिर : उपेन्द्र लामिछाने

भक्तपुरको सूर्य विनायकदेखि रत्नपार्कसम्म पुग्ने द्रुत बस सेवा आज देखि सुरु भएको छ। 

हिजो संविधान दिवसको अवसर पारेर भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवाको उद्घाटन गरे पनि आजदेखि सर्वसाधारणका लागि सेवा दिन सुरु गरेको हो। 

बिहान ९ बजेदेखि ११ बजेसम्म र साँझ ४ देखि ६ बजेसम्म गरी दुई सिफ्टमा बसहरू चल्नेछन। 

यो सेवाको बस सञ्चालनका लागि सूर्य विनायक देखि रत्नपार्कसम्म छुट्टै लेन रातो रङले छुट्टाइएको छ । ट्राफिकको रातो बत्तीमा पनि यस्ता बस रोकिँदैनन्। एम्बुलेन्स तथा अत्यावश्यक सवारी साधन जसरी नै गुड्न पाउँछन्। कतै जाममा परिहालेको खण्डमा एम्बुलेन्स जसरी दायाँबायाँ मोडिएर गुड्न पाउँछन्। 

यस समयमा  यी बस गुड्ने डेडिकेटेड लेनमा अन्य सवारी साधन चलाउन निषेध गरिएको छ। यद्यपि अत्यावश्यक सेवाका एम्बुलेन्स, शव वाहन, दमकल, कर्मचारी बोक्ने बसहरू भने उक्त लेनमा चलाउन पाइने छ।

त्यसो हुँदा द्रुत बस सूर्य विनायकदेखि रत्नपार्क ४५ मिनेटमा पुगिने अनुमान गरिएको छ। 

तस्बिरहरु : उपेन्द्र लामिछाने

प्रकाशित: ४ आश्विन २०८० ०४:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App