१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

तीज विशेष लेखनवृत्तीमा पत्रकार योगी प्रथम

प्रथम पुरस्कार ग्रहण गर्दै पत्रकार रजनी योगी।तस्बिर: नागरिक

हरितालिका (तीज)को अवसरमा बाँकेका पत्रकारका लागि आव्हान गरिएको लेखनवृत्ती (फिचर लेखन) मा रजनी योगी प्रथम भएकी छन्। नेपाल प्रेस युनियन बाँकेले प्रदान गरेको लेखनवृत्तीमा पहिलो स्थानसँगै योगीले नगद ५ हजारसहित प्रमाणपत्र प्राप्त गरिन्।

यस्तै दितिय भएकी पत्रकार सरला सुवेदीले नगद ३ हजार सहित प्रमाणपत्र प्राप्त गरेकी छन्। यसैगरी पत्रकार सावित्री विश्वकर्माले लेखनवृत्तीमा तृतीय स्थान प्राप्त गरिन्। उनले नगद २ हजारसहित प्रमाणपत्र पाइन्। त्यस्तै सान्त्वना स्थान प्राप्त गरेकी शिवानी बिकले नगद १ हजारसहित प्रमाणपत्र पाएकी छन्।

कार्यक्रमका प्रमुख अतिथि एवम् प्रतिनिधि सभाकी सांसद आशा बिकले पुरस्कार तथा प्रमाणपत्र हस्तान्तरण गरेकी हुन्। नेपाल प्रेस युनियनकी पुर्बकेन्द्रीय सदस्य एवम् पुर्बउपमेयर उमा थापामगरले पुरस्कृत हुनेको नाम घोषणा गरेकी थिइन्। सोही कार्यक्रममा युनियन बाँकेको तीज विशेष बुलेटिन(मासिक)विमोचन गरिएको थियो। 

लेखनवृत्तीका लागि प्राप्त भएका तीज पर्व सम्बन्धी लेखहरू उक्त बुलेटिनमा प्रकाशित गरिएको छ। तीज पर्वलाई पृथक् ढङ्गबाट मनाउन पत्रकार महिलालाई लेखनवृत्ती प्रदान गरिएको प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकालले बताए।

युनियन बाँकेका उपाध्यक्ष निशा शाहको अध्यक्षतामा आयोजित कार्यक्रममा लुम्बिनी प्रदेशका सांसदहरू माया पुन, सञ्जुकुमारी चौधरी र सुशीला नेपाली, काँग्रेस लुम्बिनी प्रदेश सदस्य कृष्णाकुमारी सापकोटा, युनियनका वरिष्ठ उपाध्यक्ष प्रेम केसी लगायत अतिथिको उपस्थिति रहेको थियो। 

 

 

 

प्रकाशित: २८ भाद्र २०८० १५:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App