२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

द्वन्द्वपीडितलाई पाँच करोड राहत

तेह्रथुम– दशवर्षीय सशस्त्र द्वन्द्वका क्रममा पीडित भएका र पीडितका परिवारलाई रु पाँच करोडभन्दा बढी राहत वितरण भएको छ। 

जिल्लाका १९० द्वन्द्वपीडितलाई रु पाँच करोड एक लाख राहत रकम वितरण गरिएको प्रजिअ वेदनिधि खनालले बताए। द्वन्द्वकालमा प्रभावित व्यक्ति तथा परिवारको निवेदनका आधारमा स्थानीय शान्ति समिति र जिल्ला प्रशासन कार्यालयको सिफारिसअनुसार कार्यदलको प्रतिवेदनमा नाम समावेश भएका द्वन्द्वपीडितलाई राहतस्वरुप आर्थिक सहायता दिइएको हो। कार्यदलको प्रतिवेदनअनुसार सशस्त्र द्वन्द्वमा मारिएका सर्वसाधारण ७१, सुरक्षाकर्मी नौ र कर्मचारी एकका परिवारलाई यसअघि दिइएको रकममा थप गरी रु १० लाख पुर्‍याइएको छ। 

उक्त ८१ जनामध्ये ७८ मृतकका परिवारले मात्र राहत रकम लिएका छन्। बाँकी तीन जनाको परिवार भने सम्पर्कमा नआएको स्थानीय शान्ति समितिका संयोजक देवनारायण सम्बाहाम्फेले बताए। 

सशस्त्र द्वन्द्वकै क्रममा बेपत्ता भएका चारमध्ये दुई जनाको परिवारलाई यसअघि नै रु पाँच लाख उपलब्ध गराइएको र थप रु पाँच लाख बेपत्ता व्यक्तिका हकदारलाई प्रदान गरिएको उाले बताए। बाँकी दुईजना भने जीवितै भेटिएकाले उनीहरुका नाममा आएको राहत रकम फिर्ता भएको छ। 

त्यसैगरी द्वन्द्वका समयमा राज्यपक्ष तथा तत्कालीन विद्रोही पक्षबाट विस्थापित १११ जनाका लागि यसअघि प्राप्त रकममा थप गरी रु २५–२५ हजार वितरण गरिएको छ। राहत वितरणलाई पारदर्शी बनाउन सबै रकम बैंकमार्फत वितरण गरिएको प्रजिअ खनालले बताए। 

रु ४२ लाख बजेट पीडितहरु समयमा बुझ्न नआएपछि फिर्ता गएको स्थानीय शान्ति समितिले जनाएको छ। कार्यदलको प्रतिवेदनअनुसार द्वन्द्वपीडितलाई वितरण गर्न रु पाँच करोड ४३ लाख बजेट प्राप्त भएको थियो। रासस 

प्रकाशित: ३१ भाद्र २०७४ ०५:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App