४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

आज दिनभर मौसम बदली रहने

आज दिनभर मौसम आंशिकदेखि सामान्य बदली रहने भएको छ।  

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै नेपालमा हाल भारतको दक्षिण–पश्चिम उत्तर प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ। जसका कारण आज दिनभर मौसम बदली रहने छ।  

आज बिहानैदेखि मौसम आंशिकदेखि सामान्य बदली भइ देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशको एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू–भागमा आंशिक  बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली  र लुम्बिनी प्रदेशका केही स्थानहरू लगायत देशका पहाडी भू–भागका थोरै स्थानहरूमा र बाँकी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

महाशाखाले आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने बताएको छ। कोशी, मधेश,  बागमती, गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

महाशाखाले देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेकाले सम्भावित जोखिमबाट बच्न पनि सबैलाई आग्रह गरेको छ।  

प्रकाशित: २८ भाद्र २०८० ०१:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App