कालिकोटको फुगाडमा पुल नहुँदा स्थानीयहरुलाई आवत-जावतमा समस्या भएको छ।
शनिबार रातिबाट परेको पानीले खोलामा बहाव बढेपछि अहिले कोरिडोरको शान्तिघाट जाजरकोट सडक पूणर्रुपमा बन्द भएको हो।
कालिकोटको खुलालुदेखि हुम्लाको सल्लीसल्लाह जोड्ने कर्णाली कोरिडोर निमाणर्ताका फुगाड खोलामा लगाएको बेलीबृज बगाएको तीन वर्षसम्म पुल नबन्दा आवतजावतमा समस्या भएको छ। पक्की पुल नभएको कारण यातायातका साधन पनि चल्न सकेको छैन।
सो ठाउँमा रहेको झोलङगे पुल समेत बाढीले बगाएपछि पैदलयात्री यात्राबाट रोकिएका छन्। रास्कोट नगरपालिका र पचालझरना गाउँपालिकाको सीमाक्षेत्र फुगाडमा पुल नहुँदा बर्सातको समयमा स्थानीयले दुःख पाउनेगरेका हुन्। अहिले खोलामा पानी बढेकाले दिनभरि फुगाड खोलाको पानीको मात्रा हेरेर खोला किनारमा बस्नुपरेको स्थानीय बताउँछन्।
प्रकाशित: २६ भाद्र २०८० ११:५६ मंगलबार