२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

कवाडी करको नाममा जबरजस्ती असुली

वीरगन्ज–पथलैया औद्योगिक करिडोरमा सञ्चालित उद्योगहरुको लागि काठमाडौबाट ढुवानी गरिने (स्क्रेप) कवाडी करको नाममा राजमार्ग मै जबरजस्ती रकम असुल्ने गरिएको छ।

काठमाडौबाट (स्क्रेप) कवाडी समाग्री ढुवानी गर्ने साधनहरुलाई राजमार्गमा पर्ने स्थानीय तहहरुबाट कबाडी करको ठेक्का लिएका ठेकेदारहरुले जताततै गैर कानुनी रुपमा रकम असुली रहेका छन्।

कुनै पनि स्थानीय तहमा उत्पादित कवाडी समाग्री बाहिर निकासी गर्दा सम्बन्धीत स्थानीय तह वा त्यसबाट ठेक्का लिएका ठेकेदारले कवाडी समाग्री लोड गरेको ढुवानीको साधनबाट एक पटक मात्रै कवाडी कर लिन पाउने व्यवस्था छ।

तर काठमाडौ महानगरपालिका भित्रबाट उत्पादित कवाडी समाग्रीलाई वीरगन्ज–पथलैया औद्योगिक करिडोरका उद्योगहरुसम्म ढुवानी गर्दा हेटौडा उपमहानगरपालिका,जीतपुर सिमरा उपमहानगपालिकाबाट पनि कवाडी कर तिर्नुपरेको समाग्री ढुवानी गर्ने ट्रकका चालकहरु बताउँछन्।

काठमाडौंबाट जीतपुरमा रहेको अशोक स्टिल उद्योगको लागि (स्क्रेप) कबाडी समाग्री लोड गरेर आएको ना ५ ख ३६७२ नम्बरको ट्रकले  काठमाडौ महानगरपालिकालाई ११ हजार ५ सय ७१ रुपैयाँ कवाडी कर तिरेको थियो। त्यसपछि हेटौडा उपमहानगरपालिकालाई १ हजार र जीतपुर सिमरा उपमहानगरपालिकालाई २ हजार २ सय ७० रुपैयाँ कबाडी कर तिरेको ट्रक चालक हेमलाल पौडेल बताउँछन्।

काठमाडौं महागरपालिकलाई तिरेको रसिद देखाउँदा पनि  हेटौडा र जीतपुर सिमरा उपमहानगरपालिकाले कबाडी करको रसिद काटेको पौडेलले बताए। ठेकेदारहरुले आफूखुशी रकम असुल्दा पनि प्रहरी प्रशासनले केहि नगरेको उनको गुनासो छ।

वीरगन्ज –पथलैया व्यपारीक मार्गमा रहेको डाबर नेपालमा तयारी जुस राख्ने खाली डब्बा पुर्याएर फकिदै गरेको यूपी ७८ सी टि ७५९७ नम्बरको भारतीय खाली गाडीबाट तीन सय ५० रुपैया रकम अुसुली गरेको चालक सुभागी सिँहले बताए। भारतीय खाली गाडीबाट कुन कर उठाएर भनि प्रश्न गर्दा उल्टै गाली गरेको उनको भनाइ छ।

औद्यौगिक कच्चा पदार्थ लिएर आउने गाडीहरुबाट जबरजस्ती रकम असुली गरि रहेको गुनासो आए पछि दुई जना ठेकेदारका मानिसहरुलाई नियन्त्रणमा लिएको बाराका प्रहरी उपरिक्षक सुरेश काफ्लेले बताए।  

प्रकाशित: २५ भाद्र २०८० १४:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App