१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

अबैध भारतीय रुपैयाँसहित एक जना भारतीय नागरिक पक्राउ

नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत विराटनगर–१६ दक्षिण गेटबाट एक जना भारतीय नागरिकलाई नेपालमा प्रतिबन्धित भारतीय रुपैयाँसहित प्रहरीले पक्राउ गरेको छ।  

भारत बिहारको खगडीया गाउँ पञ्चायत महेशखुटका ३२ वर्षीय चन्दनकुमार यादवलाई भारतीय रुपैयाँ १० लाख ५० हजारसहित पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए। उनले भारतको जोगबनी हुँदै नेपाल प्रवेश गरेका यादवको साथबाट नेपालमा प्रतिबन्धित भारतीय रुपैयाँ फेला परेको बताए।    

पैदल नेपाल आएका यादवले बोको झोला शंका लागि चेक गर्दा १० लाख ५० हजार भारतीय रूपैयाँ फेला परेको बताउँदै, डिएसपी दाहालले भने, ‘गैह्र कानुनी रुपमा यादवले ठूलो परिमाणमा भारतीय रुपैयाँ लिएर आएका थिए। उनको साथबाट बरामद भएको रुपैयाँ ५ सय दरका र उक्त भारतीय नोट नेपालमा प्रतिबन्ध रहेको छ।’

इलाका प्रहरी कार्यालय रानीको टोलीले भारतीय रुपैयाँसहित पक्राउ परेका यादवलाई आवश्यक कारबाहीका लागि इटहरीस्थित राजस्व अनुसन्धान कार्यालयमा बुझाउने प्रहरीले जनाएको छ।  

प्रकाशित: २५ भाद्र २०८० ०४:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App