१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

रसुवामा सरकारी गाडी पनि चेकजाँच

रसुवा – लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षार्थ तैनाथ कालिजंग गणले सरकारी गाडीको समेत चेकजाँच सुरु गरेको छ। 
सोमबार काठमाडौँबाट ८८ किलो सुन पक्राउ परेपछि रसुवामा तैनाथ कालिजंग गणले सरकारी गाडीको समेत चेकजाँच सुरु गरेको हो। 

यसअघि नेपाली सेनाले निजी सवारी साधनको मात्र चेकजाँच र दर्ता गर्ने गरेको थियो । नाकामा सुन तस्करी बढेको र यसमा सरकारी गाडीको समेत दुरुपयोग हुनसक्ने देखिएपछि राजमार्गमा गुड्ने सरकारी, निजी तथा अन्तराष्ट्रिय नियोगका सवारी साधनको समेत चेकजाँच तथा इन्ट्री गर्ने कार्यको सुरु गरिएको गणले जनाएको छ। 

८८ किलो सुन प्रकरणमा सीमामा मात्र सवारी साधनको दर्ता हुनुले नम्बर प्लेट समेत परिवर्तन भएको हुनसक्ने आशंकामा सेनाले बिलबुकको र सवारीसाधनको नम्बर फरक भएन भएको भनेर एकीन गर्नका लागि चेकजाँचको थालनी गरेको हो। 

वन्यजन्तुको ओखेटोपहारको ओसारपसार नियन्त्रण र वनवन्यजन्तुको संरक्षणका लागि खटिएकोले सुन पक्राउ गर्न नमिल्ने र सुन आएको थाहा पाएमा सम्बन्धित निकायमा खबर गर्ने कार्य गर्ने गणले जनाएको छ। 

यसअघि जिल्लामा सरकारी र अन्तराष्ट्रिय नियोगका गाडीहरू इन्ट्री समेत गर्ने गरिएको थिएन् । अहिले भने सेनाले सुरक्षा निकायको नै गाडीको समेत इन्ट्री गर्न थालेको छ । सुरक्षा निकायको गाडीको भने कतिबेला जाने, कहाँ जाने र कतिबेला फर्कने भन्ने रेकर्ड राख्न थालेको र अन्य सरकारी गाडीमा भने झोला समेत चेकजाँच गरिरहेको छ। 

अहिले नेपाली सेनाले धुन्चेको ब्यारेक सहित रसुवागढी र कालिकास्थानमा चेकजाँचमा कडाई गरिरहेको छ । टिमुरेमा जलविद्युत आयोजनास्थलमा जलविद्युत आयोजनाको बाहेक अन्य सवारी साधन प्रवेश गर्न रोक लगाएको छ । आयोजना निर्माणस्थलमा तस्करीहरूले गाडी लगेर राख्ने गरेको गुनासो बढेपछि त्यसतर्फ पनि सेनाले सतर्कता अपनाएको हो । 
चेकजाँच गर्दा सामान्य नागरिकदेखि पूर्वमन्त्रीसम्मको सवारी साधनको समेत चेकजाँच गरिने गणले जनाएको छ। 

प्रकाशित: २३ भाद्र २०७४ ०६:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App