८ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

झन्डै जनसंख्या शून्य भएको!

यस्तो पनि!

वैज्ञानिकहरू भन्छन्-अहिलेका हामी अर्थात् होमो सेपियन्स प्रजाति जन्मिएको धेरै भएको छैन। यी अक्षर पढ्दै गरेका सेपियन्स प्रजातिभन्दा अघि मान्छेजस्तै नियान्डरथल र डेनिसोभान प्रजाति थिए। तिनको संगमबाट हामी अर्थात् होमो सेपियन्स जन्मिएका हौँ। नौ लाख ३० हजार वर्ष पहिले हाम्रा पुर्खा लगभग सखाप भइसकेका थिए। यति कि पृथ्वीभरि जम्मा १२८० भन्दा कम संख्यामा बचेका थिए। यिनले आफ्ना लालाबाला फैलाउन झण्डै एक लाख वर्ष कुर्नुप¥यो। साइन्स जर्नलका अनुसार त्यो बेला पनि जलवायु संकटका कारण मानव पुर्खालाई बाँच्न सकस भयो।

यो सिद्धान्तलाई अस्वीकार गर्नेहरू पनि धेरै छन्। उनीहरूको तर्क छ, कुनै तलाउमा कसैले ढुंगो फ्याँक्यो भने र ढुंगोले तरङ्गहरूको शृंखला तयार पार्छ। धेरैपछि त्यो तरङ्ग देख्नेले ढुंगो कत्रो फ्याँकिएको थियो भन्ने थाहा पाउँदैन। ठीक उसरी नै यो पत्ता लाग्नु तरङ्ग देख्नु हो तर ढुंगो कत्रो थियो भन्ने पत्ता नलाग्नु हो। केही दशकयता वैज्ञानिकहरूले हाम्रा प्रजातिका जिनको इतिहास निर्माण गर्न लागिपरेका छन्। हरेक बच्चा जन्मँदा उसको जिनमा केही जेनेटिक म्युटेसन हुने गर्छ। यो म्युटेसनको क्रम लाखौं वर्षसम्म जारी रहँदा वास्तविक पुस्ताको जस्तो नरहन सक्छ।

पछिल्लो समय वैज्ञानिकहरूमा भिन्दाभिन्दै महादेशका मानिसहरूको जिनोम अध्ययन गरी हाम्रो विगत अर्थात् हाम्रा पुर्खाहरूको अवस्था कस्तो थियो होला भनी अध्ययन गरिरहेका छन्। हरेक मानिसको जिनोममा तीन अर्ब जेनेटिक अक्षरहरू हुन्छन्। ती अक्षरहरूको समूहलाई डिएनए भनिन्छ। लाखौं वर्षदेखि यो एकपछि अर्को व्यक्तिमा सर्दै आइरहेको छ। ती अक्षरमा हाम्रो विगतको विशाल इतिहास अंकित छन्। ती इतिहास केलाउन अध्येताहरूले क्लिष्ट गणित गणना गर्ने शक्तिशाली कम्प्युटर बनाएका छन्।

त्यसैको सहयोगमा सांघाईस्थित चाइनिज एकेडेमी अफ साइन्सेजका अध्येता हाइपेङ ली र उनका साथीहरूले दशकभन्दा बढी समयदेखि आफ्नै तरिकाले मानव उत्पतिको अवस्थालाई पुनः सिर्जना गर्न खोजिरहेका छन्। सो तरिकालाई उनीहरूले ‘फिटकोल’ नामकरण गरेका छन् र सो तरिका वा मोडलमार्फत मानव उत्पतिको लाखौं वर्षको समयलाई महिनाको हिसाबले विभाजन गरेका छन्। उनीहरूले नै परिवर्तनको सो अवधिलाई ‘बोटलनेक’ नामकरण गरेका हुन्। त्यस अवधिमा पृथ्वी ज्यादै चिसो र सुख्खाक्षेत्रमा परिणत भयो। त्यसपछि मानवका पुर्खाहरू अफ्रिकाबाट बाहिर निस्कन बाध्य भए।

उता जर्मनीको म्याक्स प्लाङ्क इन्स्टिच्युटका डा. स्टिफन सिफेल्स भन्छन्, ‘बोटलनेक कथा रोचक छ। यसले हामीलाई चकित पनि बनाउँछ तर म चाहिँ यसलाई खासै भाउ दिन्नँ किनभने यो कथामा प्रमाण कतै पनि छैन। बिना प्रमाण पत्याउने दरकार छैन।

-द न्युयोर्क टाइम्स 

प्रकाशित: १७ भाद्र २०८० ०२:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App