१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

१३ वर्षीया बालिकाले छोरा जन्माइन्

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा १३ वर्षीया एक बालिकाले छोरा जन्माएकी छिन् । 

भदौ १२ गते मंगलबार बालिकाले पेट दुख्यो भनेपछि उपचारका लागि अभिभावकले अस्पताल लगेको मोरङ प्रहरी प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए । उपचारका क्रममा परीक्षण गर्दा बालिका गर्भवती भएको पत्ता लागेको थियो।

१६ वर्षीय बालकसँग शारीरिक सम्पर्क गर्दा ८ महिनाअघि गर्भवती भएकी बालिकाले बुधबार बिहान स्वस्थ पुत्रलाई जन्म दिएकी छिन् । अस्पताल भर्ना भए पनि उनले ‘नर्मल डेलिभरी’मार्फत बच्चा जन्माएकी हुन्।

उनले २ किलो ७ सय ग्रामको बच्चा (छोरा) जन्माएको बताउँदै डिएसपी दाहालले भने, ‘प्रारम्भिक अनुसन्धानबाट गत पुसमा बालबालिकाबिच शारीरिक सम्पर्क भएको खुलेको छ । बालकलाई ‘बाल निगरानी कक्ष’मा राखी घटनाको अनुसन्धान थालेका छौं ।’

बालिकाका अभिभावकले बालकविरुद्ध बालबिज्झ्याइँअन्तर्गत जबर्जस्ती करणी मुद्दामा किटानी जाहेरी दिएपछि अदालतबाट म्याद थप गरेको डिएसपी दाहालले बताए । उनले १८ वर्षमुनिका बालिकासँग सहमतिमै शारीरिक सम्पर्क भए पनि कानुनले त्यसलाई बलात्कार मानेको छ । बलात्कारमा बालक नै संलग्न रहेको पाइएको हो । 

लामो समयदेखि बालिकाको महिनावारी रोकिएको र उनी गर्भवती भएको कुरा एक्कासि पेट दुखेर अस्पताल लगेपछि मात्रै थाहा पाएको अभिभावकलाई उद्धृत गर्दै डिएसपी दाहालले बताए ।

प्रकाशित: १६ भाद्र २०८० ०१:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App