१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

अरोमा थेरापीसम्बन्धी एक दिने सेमिनार सम्पन्न

आईटीसी ब्युटी पार्लर ट्रेनिङ स्कुलको आयोजनामा आइतबार अरोमा थेरापीसम्बन्धी एक दिने सेमिनार सम्पन्न भएको छ।

महिला उद्यमीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सेमिनार आयोजना गरिएको हो। सेमिनारमा माला ब्युटी एसेसर एसोसिएसनका ४० ब्युटीसिएन सहित २५० जनाको सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै नेपाल रिपब्लिक मिडियाकी निर्देशक शोभा ज्ञवालीले सौन्दर्यकर्मीलगायत महिला पेशाकर्मीको अधिकारलाई कायम राख्नुपर्नेमा जोड दिइन्।

नेपाल फिलिपिन्स चेम्बर अफ कमर्शका अध्यक्ष तथा नेपाल महिला उद्यमी महासंघका उपाध्यक्ष समेत रहेकी ज्ञवालीले यस्ता कार्यक्रमले आगामी दिनमा थप महिलालाई आकर्षित गर्न प्रोत्साहन गर्ने बताइन्।

तालिम स्कुलले विगत साढे दुई दशकदेखि महिलालाई सौन्दर्य सम्बन्धी तालिम दिँदै आएको छ। यसले विभिन्न क्षेत्र र समुदायका महिलाहरूलाई आत्मनिर्भर बनाउन सघाउ पुर्‍याउने बताइएको छ।

सेमिनारको मुख्य आकर्षण भारतका अरोमा थेरापिस्ट डा. नरेश अरोरा र डा. नीति अरोरा थिए।

प्रकाशित: १० भाद्र २०८० १४:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App