२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

धरानमा सद्भाव जोगाउन सर्वदलीय र्याली र अपिल

धरानको धार्मिक एवं सामाजिक सद्भाव कायम राख्न शुक्रबार सर्वदलीय एवं सर्वपक्षीय सद्भाव र्याली निकालिएको छ। 

नागरिक अगुवा, पुर्वजनप्रतिनिधि एवं राजनीतिक दलहरुको आह्वानमा शुक्रबार दिउँसो सर्वदलीय एवं सर्वपक्षीय सद्भाव र्याली निकालिएको हो। झरीको बीचमा पनि निस्किएको र्याली भानुचोकमा पुगेर काणसभामा परिणत भएको थियो।

र्यालीमा उपमेयर अइन्द्रबिक्रम बेघा, पुर्व सांसद जयकुमार राई, निवर्तमान मेयर तिलक राई, पुर्वमेयर कुमारबहादुर कार्की, पुर्वउपमेयर मीनकुमार सुब्बासहित वडाका जनप्रतिनिधिहरु, राजनीतिक दल, सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो।

उपमेयर बेघाले धरान बहुजातीय, बहुधार्मिक, बहुसाँस्कृतिक सहर भएकोले सबै धर्म, सँस्कृति, सँस्कार रमाउन पाउने र सम्मान गरेर बसेको सहरकोरुपमा परिचित भएको बताए। तर, अहिले जातीय, धार्मिक, साँस्कृतिक सद्भावमा तरंग पैदा भएपनि धरान मिलेर बसेको बताए। धरान मिलेको छ, मिलेर बसेको छ। ‘धरान सबै जाती, भाषा, सास्ँकृतिलाई सम्मान गर्ने सहर हो भन्ने सन्देश दिनको लागि र्याली निकालेका छौं,’ उनले भने, ‘जसले धरानमा अतिवादको खेल खेल्छ, त्यसलाई उतै फर्काउनेछौं। सद्भाव भडकाउन दिने छैनौं, सबै एक भएर अघि बढौं।’

पूर्वमेयर कुमारबहादुर कार्कीले पनि धार्मिक पक्ष र साँस्कृतिक पक्ष भनिने बीचमा ठुलो भ्रम सृर्जना गरेर खेल खेल्न छद्म भेषमा आएकाहरुलाई परास्त गर्न धरानबासीहरु एकजुट भएको बताए।

‘धरानलाई एक बनाउन, सबै पक्षका धर्म, सँस्कृतिलाई जोगाउन, संरक्षण गर्न र कसैको वहकाउवमा लाग्न हुदैन भनेर सबै पक्षसँग कुरा गर्यौं, उहाँहरुले बुझ्नुभएको र महशुस गर्नुभएको छ,’ उनले भने,‘जसले खेल खेल्न खोजेका थिए, अब सक्दैनन्। धरानमा जे जति काम हुन्छ, यहीको धार्मिक, सास्ँकृतिक समुदाय मिलेर हल गछौं, हामीसँग त्यति क्षमता छ।’

सद्भाव खलल नपार्न राजनीतिक दलहरुको अपिल

धरानमा क्रियाशिल राजनीतिक दलहरुले सामाजिक सद्भाव खलल पुर्याउने गतिविधिहरु नगर्न अपिल गरेका छन्। धरानमा क्रियाशिल विभिन्न १३ राजनीतिक दलहरुले शुक्रबार संयुक्त प्रेश विज्ञप्ती जारी गर्दै यस्तो अपिल गरेका हुन्।

दलहरुले धरानमा देखा परेको धार्मिक, साँस्कृतिक विवादका बिषयहरुलाई सर्वपक्षीय, सर्वदलीय वार्ताको माध्यमबाट समाधान गर्न प्रतिवद्ध रहेको पनि जनाएका छन्। साथै, भोली भदौ ९ गते धरानमा हुने भनिएको पुर्वनिर्धारित कार्यक्रमहरु स्थगित गरि वातावरण सहज बनाउन भुमिका निर्वाह गरिदिन पनि सम्बन्धित पक्षहरुलाई आग्रह गरिएको छ।

परिस्थितिलाई गाम्भिर्यतालाई मनन् गर्दे सामाजिक सञ्जाल लगायतबाट सद्भाव खलबलिने सामग्रीहरु पोष्ट, सेयर तथा कमेन्ट नगरिदिन पनि दलहरुले अपिल गरेको छ।

प्रकाशित: ८ भाद्र २०८० १३:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App