१२ पुस २०८२ शनिबार
image/svg+xml
समाज

ट्रकको ठक्करले महिलाको मृत्यु, ठक्कर दिने ट्रकमा आगजनी

रौतहटको चन्द्रनिगाहपुरमा ट्रकको ठक्करले एक महिलाको मृत्यु भएको छ। चन्द्रपुर नगरपालिका १ मा ट्रकले ठक्कर दिँदा एक महिलाको मृत्यु भएपछि आक्रोशित भएका पीडितहरुले ट्रकमा आगजनी गरेका हुन्।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ५ ख १५०० नम्बरको मालवाहक ट्रकले चन्द्रपुर १ की बिमला कुमारी बिमलीलाई बिहीबार ठक्कर दिएको दिएको छ। ट्रकले ठक्कर दिएपछि बिमलीको मृत्यु भएको छ। ट्रकको ठक्करले घाइते भएकी बिमलीलाई ठक्कर दिने ट्रकलाई पछाडि गरेर जानी जानी किचेर मारेको आरोप लगाउँदै आक्रोशित पीडितहरुले ट्रकमा आगजनी गरेका छन्। आगजनी भएको ट्रकको आगो निभाउन गएको चन्द्रपुर नगरपालिकाको वारुणयन्त्रलाई समेत स्थानीयले तोडफोड गरेका छन्।

महिलालाई ठक्कर दिई मार्ने ट्रकका चालक फरार भएका छन् भने सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दोषी चालकलाइ हदैसम्मको कार्वाहिको माग राख्दै पीडित परिवार र स्थानीयले केही समय पूर्व पश्चिम राजमार्ग अवरुद्ध पारेका थिए।

घटनाबारे अनुसन्धान भइरहेको र अहिले स्थिति सामान्य भइसकेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। 

प्रकाशित: ७ भाद्र २०८० ११:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App