५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

बारामा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु

फाइल तस्बिर

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२२ चुरियामाईमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ।

काठमाडौंबाट पशुपतिथान मन्दिर दर्शन गरी महोत्तरीको लोहारपट्टी जाँदै गरेको मधेस प्रदेश–०३–००१ ख ७९९४ नम्बरको बस बिहीबार विहान २ बजे दुर्घटना भएको बताइएको छ।

दुर्घटनामा मृत्यु हुने चार महिला र तीन पुरुषमध्ये ६ जना भारतीय नागरिक र एकजना नेपाली रहेको इलाका प्रहरी कार्यालय सिमराका डिएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए।

मृत्यु हुनेहरूमा भारत राजस्थान बस्ने वर्ष ६७ का बहादुर सिंह, सोही स्थान बस्ने वर्ष ६० की सत्यवती, वर्ष ७० को राजेन्द्र चतुर्वेदी , वर्ष ६५ की श्रीकान्त चतुर्वेदी , वर्ष ६७ की बैजन्ती देवी, वर्ष ६५ की मिरा देवी, महोत्तरी लोहारपटी–५ बस्ने वर्ष ४१ को विजय लाल रहेका छन्।

चालकसहित २७ यात्रु सवार उक्त बस चुरियामाई मन्दिरबाट १०० मिटर दक्षिण तर्फको खोलामा खसेर दुर्घटना भएको हो। दुर्घटनामा १९ जना घाइते भएका छन्। बस दुर्घटनामा घाइते भएकाहरूको हेटौँडाको चुरेहिल अस्पताल हेटौँडा, सन्चो अस्पताल हेटौँडा, सरकारी अस्पताल हेटौँडा, हेटौँडा अस्पताल र चितवनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

घाइतेहरू भारत राजस्थान बस्ने वर्ष ४८ को घनश्याम चतुर्वेदी, वर्ष ५३ की माया देवी, वर्ष ३५ को अनिल कुमार, वर्ष ५० को तारा वती चतुर्वेदी, वर्ष ९ की क्रितिका चतुर्वेदी, वर्ष ४८ को श्याम लाल माली, वर्ष ४७ को हरवारी माली, वर्ष ७० की चौथी देवी, वर्ष ७२ को सुरेश चन्द्र चक्रवती, वर्ष ६३ को धरम सिंह, वर्ष ६० की ईन्दु धाकद, वर्ष १६ की गर्विदा चतुर्वेदी, वर्ष ५४ को राम कुमार चतुर्वेदी, वर्ष ७३ को राम प्रसाद , महोत्तरी लोहारपट्टि –५ का वर्ष २६ को जसवेन्द्र पासवान, धनुषाको जनकपुरधाम बस्ने वर्ष ४१ को घुरन मण्डल, महोत्तरी जलेश्वर नगरपालिकाका वर्ष ३८ को बिहारी मुखिया छन्।

प्रकाशित: ७ भाद्र २०८० ११:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App