४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

बारा दुर्घटनाः मृतक सबैको सनाखत, घाइते १७ जनाकाे उपचार हुँदै

बारामा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा मृत्यु भएका सबैजनाको सनाखत भएको छ। दुर्घटनामा परी तीन जनाको घटनास्थलमा तथा चार जनाको उपचारका क्रममा मृत्यु थियो। भारतीय तिर्थयात्री बोकेर काठमाडौँबाट जनकपुरतर्फ जाँदै गरेको मधेस प्रदेश ३००१ ख ७९९४ नम्बरको बस आज बिहान २ बजे बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ पूर्वपश्चिम लोकराजमार्गको चुरियामाई नजिक दुर्घटना भएको हो। उनीहरु पशुपतिनाथको दर्शन गरी फर्किदै थिए 

मृत्यु हुनेहरूमा भारत राजस्थान बस्ने वर्ष ६७ का बहादुर सिंह, सोही स्थान बस्ने वर्ष ६० की सत्यवती, वर्ष ७० को राजेन्द्र चतुर्वेदी , वर्ष ६५ की श्रीकान्त चतुर्वेदी , वर्ष ६७ की बैजन्ती देवी, वर्ष ६५ की मिरा देवी, महोत्तरी लोहारपटी–५ बस्ने वर्ष ४१ को विजय लाल रहेका छन्।दुर्घटनामा तीन नेपाली तथा १४ भारतीय नागरिक घाइते भएका छन्। । 

बस दुर्घटनामा घाइते भएकाहरूको हेटौँडाको चुरेहिल अस्पताल हेटौँडा, सन्चो अस्पताल हेटौँडा, सरकारी अस्पताल हेटौँडा, हेटौँडा अस्पताल र चितवनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घाइतेहरू भारत राजस्थान बस्ने वर्ष ४८ को घनश्याम चतुर्वेदी, वर्ष ५३ की माया देवी, वर्ष ३५ को अनिल कुमार, वर्ष ५० को तारा वती चतुर्वेदी, वर्ष ९ की क्रितिका चतुर्वेदी, वर्ष ४८ को श्याम लाल माली, वर्ष ४७ को हरवारी माली, वर्ष ७० की चौथी देवी, वर्ष ७२ को सुरेश चन्द्र चक्रवती, वर्ष ६३ को धरम सिंह, वर्ष ६० की ईन्दु धाकद, वर्ष १६ की गर्विदा चतुर्वेदी, वर्ष ५४ को राम कुमार चतुर्वेदी, वर्ष ७३ को राम प्रसाद , महोत्तरी लोहारपट्टि –५ का वर्ष २६ को जसवेन्द्र पासवान, धनुषाको जनकपुरधाम्बबस्ने वर्ष ४१ को घुरन मण्डल, महोत्तरी जलेश्वर नगरपालिकाका वर्ष ३८ को बिहारी मुखिया छन् ।

प्रकाशित: ७ भाद्र २०८० ०३:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App