१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

रोटरीको एक करोड ३६ लाख सहयोगमा सोलार सिंचाई आयोजना

रोटरी क्लब अफ नारायणघाटले माडीको अम्रौलीमा सिंचाई आयोजना सुरु गरेको छ। एक करोड ३६ लाख १० हजार ४२५ रुपैयाँको लागतमा आयोजना निमार्ण गर्न लागिएको हो।

आकाशे पानीको भरमा खेती गर्दै आएका माडी नगरपालिका वडा नम्बर चार को अम्रौली र विराचीका कृषकको लागी सोलारमा अधारित बोरिङ स्थापना गर्न लागिएको हो। माडी नगरपालिका प्रमुख ताराकाजी कुमारी महतो र क्लबका अध्यक्ष भोला लामिछानेले शिलन्यास गरेका थिए। लामिछानेले एक वर्षभित्र आयोजना सम्पन्न गरेर समुदायलाई हस्तान्तरण गरिने बताए।

करिब ६६ विगाहा जग्गामा सिंचाई गराउन लागिएको हो। आयोजनाको लागी रोटरी डिष्ट्रिक ११६० अन्र्तगतको आयरल्याण्डका सात वटा क्लबले सहयोग गरेका छन्। यसका लागी बेलायतमा बस्दै आएका विनोद कर्माचार्यले सहजीकरण गरेका थिए। मेयर महतोले विपन्न गाँउमा रोटरीले परोपकारी काम गरेको भन्दै रोटरीको अभियानको प्रसंसा गरिन्। उनले नगरपालिकाको तर्फबाट धन्यवाद ब्यक्त गरिन्। रोटरी क्लब डिष्ट्रिक २५९२ नेपाल भुटानका एसिस्टेण्ट गर्भनर दिनुप बरालले विश्वभरका रोटरीले उठाएको पैसाबाट बनेको ग्लोबल बजेटबाट रोटरीले सामाजिक काम गर्दै आएको बताए। यो संस्था अन्य गैर सरकारी निकाय भन्दा फरक रहेको बताए।

कार्यक्रममा रोटरी क्लब अफ नारायणघाटका संस्थापक अध्यक्ष निरञ्जन प्रधानले स्वार्थभन्दा माथी सेवा भन्ने रोटरीको उद्देश्यलाई आत्मसाथ गर्दै नारायणगढ रोटरीले सामाजिक विकासको लागी नेतृत्वदायी भूमिका खेलेको बताए। कार्यक्रममा क्लबका प्रथम उपाध्यक्ष गुणेश्वर महतो , सचिव सेवन पन्तले सिंचाई आयोजना वारे जानकारी गराँउदै खेतीयोग्य जमिन धेरै भएको तर सिंचाई नभएको कारण अम्रौलीमा बोरिङ राख्न लागेको बताए।

प्रकाशित: ३ भाद्र २०८० १३:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App