८ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

न्यून चापीय मनसुनी रेखा नेपाल नजिक, यी स्थानमा भारी वर्षाको सम्भावना

मनसुनको न्यून चापीय अहिले नेपाल नजिक रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका केही भागमा हल्कादेखि मध्यम र कोशी  र बागमती  प्रदेशका एक-दुई  स्थानमा भारी वर्षाको सम्भावना छ।  

अहिले बिहान गण्डकी प्रदेशको धेरै स्थानहरुमा, कोशी, बागमती र कर्णाली प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशको एक(दुई स्थानमा मेघ गर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आँशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भू(भागको केहि स्थानहरुमा र बाँकी भू(भागको थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।साथै कोशी  र बागमती  प्रदेशका एक(दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

त्यस्तै राती देशभर आँशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश र गण्डकी प्रदेशको केहि स्थानहरुमा तथा बाँकी थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी  र गण्डकी  प्रदेशका एक(दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

नदी तटीय क्षेत्र तथा अन्य ठाउँमा पहिरोको जोखिम, गेग्रान बग्ने, डुबान हुन सक्ने होचा ठाउँमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको  छ ।

प्रकाशित: ३२ श्रावण २०८० ०१:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App