२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

घुससहित सहायक निरीक्षक पक्राउ

लहान – सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा सहकारी डिभिजन कार्यलय लहानका सहायक सहकारी निरीक्षक सुवास गड्तौलालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पूवाञ्चल क्षेत्रीय कार्यालय इटहरीको टोलीले बुधबार पक्राउ गरेको छ।

उनलाई कार्यालयमै १५ हजार घुस लिँदालिँदै आयोगको डिएसपी रमेश बस्नेतकोे नेतृत्वमा रहेको टोलीले पक्राउ गरेको हो।
आयोगका पूवाञ्चल क्षेत्रिय कार्यालय इटहरीका प्रवक्तासमेत रहेका डिएसपी रमेश बस्नेतको टोलीले १५ हजार घुस रकम सहित सहायक सहकारी निरिक्षक सुवास गड्तौलालाई रंगेहात पक्राउ गरेका छन्।  उनलाई प्रहरी हिरासतमा राखिएको जानकारी  प्रवक्ता डिएसपी बस्नेतले बताए।

राजविराजस्थित योग्य महिला कृषि सहकारी संस्था राजविराज नगरपालिका– ११ की प्रतिभा यादवसँग कार्यलयका कर्मचारीले विगत २ महिनादेखि रकम माग्दै आएको थियो । उनको उजूरीको आधारमा र दुरुपयोग अनुसन्धान आयोगले सहायक सहकारी निरिक्षक गड्तौलालाई पक्राउ गरेको थियो ।

 

प्रकाशित: ११ श्रावण २०७४ ०९:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App