८ असार २०८१ शनिबार
image/svg+xml
समाज

सय किलो सुन घटेर ६० किलो ७१६ ग्राम

राजश्व अनुसन्धान विभागले केही दिन अघि राजधानीमा बरामद गरेको करिब  १ क्विटल (एक सय किलो) सुनको परिणाम घटेर ६० किलो ७१६ ग्राम पुगेको छ।

मोटरसाइकलको ‘ब्रेक सु’ भित्र लुकाएर ल्याइएको सुन बाहिर निकाल्दा घटेर ६० किलो ७ सय ८९ ग्राम भएको टक्सार महाशाखाले सोमबार सार्वजनिक गरेको थियो।

यही सुनलाई मंगलबार विहान बबरमहलस्थित नेपाल राष्ट्र बैंकको टक्सार कार्यालयमा गालिएको छ। गालिएको सुनको तौल ६० किलो ७१६ ग्राम भएको टक्सार महाशाखाले जनाएको छ।

ब्रेक सु भित्र करिब एक क्विटल अनुमान गरिएको थियो। ‘ब्रेक सु’बाट निकाल्दा ६० किलो ७ सय ८९ ग्राम भएको जानकारी दिइयो। र, ब्रेक सुबाट निकालेर गाल्दा ६० किलो ७१६ ग्राम भएको टक्सार महाशाखाले जनाएको छ। गालेर निकालिएको सुनलाई ३४ वटा बिस्कुट आकार बनाइएको छ।  

प्रकाशित: ३० श्रावण २०८० ०९:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App