२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

मामा मारेको अभियोगमा भान्जा पक्राउ

चरिकोट—दोलखाको भिमेश्वर नगरपालिका–३ का १९ वर्षीय विनोद धनुकेको हत्या गरेको अभियोगमा सोही स्थानका उनकै भान्जा विक्रम विकलाई प्रहरीले छ वर्षपछि आज पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार २०६८ साल फागुन ८ गते कालीञ्चोक मन्दिर दर्शन गर्न मामा भान्जा गएको र भान्जा विक्रम विक फर्केको र मामा विनोद नर्फकेपछि प्रहरीले घटनाबारे अनुसन्धान गर्दा हत्यामा उनको संलग्नता रहेको देखिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले छ वर्षपछि भान्जालाई मामाको हत्यामा संलग्न भएकाले पक्राउ गरी थप अनुसन्धान भइरहेको बताए। विनोदको शव छ वर्ष अगाडि हत्या गरेको अवस्थामा प्रहरीले कालीञ्चोक गाविस–९ स्थित गणेश थुम्की नजिकै कुरी जाने भन्ज्याङ गौडा नजिकै फेला पारेको थियो। रासस

प्रकाशित: १० श्रावण २०७४ १३:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App