मुगुमा बोलेर जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।
सोरू गाउँपालिका वडा नम्बर-७ को सीप भन्ने ठाउँमा ज १ च ७७६२ नम्बरको बोलेरो जीप सोमबार बेलुका पाँच बजेतिर दुर्घटना भएको थियो।
जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख महेश बस्नेतले दुई जनाको घटनास्थलमै र दुई जनाको स्वास्थ्य चौकीमा उपचारका क्रममा मृत्यु भएको बताए। मृतकको पहिचान खुलेको छैन।
जीपमा चालकसहित नौ यात्रु थिए। घाइते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ। सबै घाइतेहरूलाई मुगु सदरमुकामस्थित जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको उनले जनाए।
दुई ठाउँमा सडक अवरुद्ध भएकाले समस्या भइरहेको उनको भनाइ छ।
प्रकाशित: २९ श्रावण २०८० १४:४७ सोमबार





