२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

सुन तस्करी प्रकरणः छुटे रोहन अडुकिया

करिब एक सय किलो सुन तस्करी प्रकरणमा मुछिएका विवादास्पद व्यापारी राकेश अडुकियाका छोरा रोहन अडुकियालाई त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले रिहा गरेको छ।  

अध्यामगनको हिरासतमा रहेका रोहन आज बिहान १० बजे रिहा भएका हुन्।सुन तस्करी प्रकरणमा उनलाई त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले शुक्रबार दिउँसो नियन्त्रणमा लिएको थियो।

भारतीय नागरिक रोहनलाई सुन तस्करीमा संलग्नताको आशंकामा पक्राउ गरिएको हो। विभागले दुई साताअघि नै अडुकिया बाबुछोरालाई शंकाको सूचीमा राखेर अध्यागमन विभागलाई पत्राचार गरेको थियो। नेपालबाट विदेश आउजाउ गरेको रोहनको रेकर्ड अस्वाभाविक रहेको बताइएको छ। अध्यागमन विभागले दिएको जानकारीअनुसार उनी १६ महिनामा ४१ पटक नेपाल आएका छन्। उनका बाबु राकेश फरार छन्। 

सुन काण्डको अनुसन्धान गरिरहेकाे प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) आफ्नो अनुसन्धानमा रोहनसँगको कनेक्सन नदेखिएको भन्दै जिम्मा लिन नमानेपछि उनी अध्यागमनकै हिरासतमा रहेका थिए।

प्रकाशित: २७ श्रावण २०८० ०६:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App