२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

कपनको खहरे खोलामा चल्यो महानगरको डोजर (तस्बिरहरु)

काठमाडौं महानगरपालिकाले कपनको खहरे खोलामा डोजर चलाएको छ।

काठमाडौं महानगरपालिका र बूढानीलकण्ठ नगरपालिकाका प्रतिनिधिबीच खहरे खोला खोल्न सहमति भएसँगै महानगरले खोला खोल्न डोजर चलाएको हो।

कपनमा खोला मिचेर बनाइएका अनधिकृत संरचना हटाउने विषयमा काठमाडौँ महानगरपालिका र बुढानीलकण्ठ नगरपालिकाबीच तीन बुँदे सहमति भएको छ।

सहमितमा कामनपा–७ र बुनपा–१० को सीमा नापजाँच भइसकेकोले उक्त क्षेत्रमा खहरे खोलामा राखिएको ह्युम पाइप निकाल्ने, कामनपा–६ तथा बुनपा १० र १२ को सीमा नापजाँच गरेर खहरे खोलाको रेखांकन गर्ने र त्यसपछि पुन छलफल गरी समस्याको दीर्घकालीन समाधान खोज्ने भएको छ।

काठमाडौँ महानगरको टोली खोला खाली गर्न डोजरसहित कपन पुगेपछि त्यहाँ तनाव सिर्जना भएको थियो।

प्रकाशित: २६ श्रावण २०८० १२:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App