३ असार २०८१ सोमबार
image/svg+xml
समाज

बढ्यो लोपोन्मुख लेप्चाको जनसंख्या

इलामको सूर्याेदय नगरपालिका वडा नं १र का लेप्चा समुदाय। तस्बिर: भीम/नागरिक

इलाममा मुख्य बसोवास रहेको लोपोन्मुख लेप्चा जातिको जनसंख्या केही बढेको छ। राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा लेप्चाको कुल जनसंख्या ३ हजार ५ सय ७८ छ। यसमध्ये १ हजार ७ सय ६९ पुरुष र १ हजार ८ सय ९ महिला छन्। २०६८ सालको जनगणनामा लेप्चाको कुल जनसंख्या ३ हजार ४ सय ४५ थियो।

पछिल्लो गणनाअनुसार इलाममा लेप्चाको कुल जनसंख्या २ हजार ९ सय ८३ छ। यसमध्ये १ हजार ४ सय ९३ पुरुष र १ हजार ४ सय ९० महिला छन्। इलामका पालिकामध्ये पनि सूर्याेदय नगरमा सबैभन्दा बढी १ हजार ६ सय ४० ( पुरुष ८ सय १५, महिला ८ सय २५) को बसोवास छ। रोङमा ९ सय ९० (पुरुष ४ सय ९४, महिला ४ सय ९६), माइजोगमाई गाउँपालिकामा १ सय ९६ (पुरुष १ सय ६, महिला ९०) र इलाम नगरपालिकामा १ सय ५६ (पुरुष-महिला ७८ बराबरी) रहेको तथ्यांकमा उल्लेख छ।

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा लेप्चाको कुल जनसंख्या ३ हजार ५ सय ७८ छ। यसमध्ये १ हजार ७ सय ६९ पुरुष र १ हजार ८ सय ९ महिला छन्। २०६८ सालको जनगणनामा लेप्चाको कुल जनसंख्या ३ हजार ४ सय ४५ थियो।

इलामबाट झापासहित तराईका जिल्ला र विभिन्न प्रदेशमा लेप्चाको बसोवास देखिएको छ। कोशी प्रदेशमा ३ हजार ३ सय २ लेप्चाको बसोवास रहेकोमा पुरुष १ हजार ६ सय ४० र महिला १ हजार ६ सय ६२ छन्।

झापामा लेप्चाको जनसंख्या २ सय ५३ छ। यसमा १ सय १९ पुरुष र १ सय ३४ महिला छन्। मोरङमा २१ (पुरुष ९ र महिला १२) लेप्चा बसोबास गर्छन्। सुनसरीमा लेप्चा समुदायका १९ जना (१० पुरुष, ९ महिला) को बसोवास छ। तथ्यांकअनुसार बागमती प्रदेशमा २ सय १४ (पुरुष ९९, महिला ११५), गण्डकीमा १८ (पुरुष १०, महिला ८) र लुम्बिनीमा ३० (पुरुष १६ र महिला १४) लेप्चाको बसोवास देखिएको छ।

इलामबाट झापासहित तराईका जिल्ला र विभिन्न प्रदेशमा लेप्चाको बसोवास देखिएको छ। कोशी प्रदेशमा ३ हजार ३ सय २ लेप्चाको बसोवास रहेकोमा पुरुष १ हजार ६ सय ४० र महिला १ हजार ६ सय ६२ छन्।

२०६८ सालको तथ्यांकले ३ हजार २ सय ६४ जना ग्रामीण र १ सय ८१ जना सहरी क्षेत्रमा बसोवास गर्ने गरेको देखाएको थियो। तत्कालीन पूर्वाञ्चल विकास क्षेत्रमा सबैभन्दा धेरै ३ हजार २ सय ३६, मध्यमाञ्चलमा १ सय ६४, पश्चिमाञ्चलमा ३८, मध्यपश्चिमाञ्चलमा ५ र सुदूरपश्चिमाञ्चलमा लेप्चा समुदायका दुईजनाको बसोवास पाइएको थियो।

प्रकाशित: २४ श्रावण २०८० ०१:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App