२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

एसपी थापाको कमान्डमा सुन तस्करीको अनुसन्धान अघि बढ्यो

राजस्व अनुसन्धान विभागले करिब एक क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धान गर्ने जिम्मेवारी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई दिएसँगै सिआइबीले अनुसन्धान अघि बढाएको छ।

सीआईबी स्रोतका अनुसार यस प्रकरण अनुसन्धानका लागि प्रहरी उपरीक्षक (एसपी) सञ्जयसिंह थापा अनुसन्धान अधिकृत तोकिएका छन्।

सुन तस्करी संगठित अन्तरदेशीय अपराध भएकाले त्यसको अनुसन्धान गर्ने जिम्मेवारी सिआइबीलाई दिइएको हो। यो प्रकरणमा पक्राउ परेका १७ जना आरोपीहरूलाई राजस्व अनुसन्धान विभागबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो को हिरासतमा ल्याइएको छ।

विभागले यही साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय अगाडिबाट ‘ब्रेक शु’ मा हालेर ल्याइएको अन्दाजी १०० किलो सुन बरामद गरेको थियो। उक्त सुन अहिले परिमाण यकिन गर्न नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा राखिएको छ।

अहिलेसम्म उक्त घटनामा संलग्न रहेको आरोप १८ जना पक्राउ परेकामा बिरामीका कारण एक जनालाई तारिखमा छाडिए पनि १७ हिरासतमा छन्।

प्रकाशित: २२ श्रावण २०८० १०:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App