२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

बिजुली बजारमा सहकारी पीडित र प्रहरीबीच ठेलमठेल (तस्बिरहरु)

तस्बिर: प्रसन गुरुङ/नागरिक

सहकारीबाट पीडित भएकाहरुले बिहीबार काठमाडौंंमा प्रदर्शन जारी राखेका छन्। लामो समयदेखि माइतीघर मण्डलमा आन्दोनरत पीडितहरु विभिन्न नारा सहितकाे प्ले कार्ड बोकेर सडकमा उत्रिएका हुन्।

विभिन्न स्थानबाट आएर माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका उनीहरुले सहकारी संस्थाहरुमा आफूले वचत गरेको रकम फिर्ता पाउनुपर्ने माग गरेका छन्।

माइतीघर मण्डलमा धर्ना दिएर सहकारी पीडितहरू प्रदर्शन गर्दै बिजुलीबजार पुगेका थिए। बिजुली बजार पुलमा सहकारी पीडितहरू र प्रहरीबीच धकेलाधकेल समेत भयो। प्रहरीका अनुसार केही पीडितहरु घाइते भएका छन्। पीडितहरू सडकमा भेला भएपछि प्रहरीले हटाउन खोज्दा उनीहरु घाइते भएका हुन्। 

पीडितहरू लामो समयदेखि माइतीघर मण्डलमा आन्दोलनमा छन्।

हेर्नुहोस् तस्बिरहरु :

प्रकाशित: १८ श्रावण २०८० ०९:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App