१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

प्यूठानमा पहिरोले १ बेपत्ता २ को उद्वार

प्यूठान- प्यूठानमा गएराति गएको पहिरोले १ जना बेपत्ता भएका छन भने २ जनाको उद्वार गरीएको छ। गौमुखी गाउँपालीका ३ मा पहिरोले पुरीएर १६ बर्षिय तुलसा घर्ति बेपत्ता भएकी छन्। शुक्रबार राती आएको आएको अविरल वर्षा सहितको पहिरोले स्थानीय शेर बहादुर घर्तिको घर पुरीएर उनको छोरी बेपत्ता भएकी हुन्।

 पहिरोमा पुरीएका अन्य २ जनालाई स्थानीयले सकुसल उद्वार गरेका छन । त्यस्तै रजवाराको लामीबगर, गिर्जाकोट र दाङबाङमा रहेको ३ ओटा पुल समेत खोलाले बगाएको छ । बाढी र पहिरोद्ये यहाँका विभिन्न ठाउँमा रहेको बस्ति जोखिममा रहेको स्थानिय गोवरधन थापाले जानकारी दिएका छन् ।

प्रकाशित: १८ असार २०७४ ०४:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App