२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सिक्री लुटपाटमा संलग्न ३ जना पक्राउ

मोरङको सुन्दरहरैँचा नगरपालिका–८ स्थित सलकपुरबाट ३ जनालाई सुनको सिक्री लुटपाट गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। महिलाले घाँटीमा लगाएको सुनको सिक्री थुतेर लुटपाट गरेको घटनामा संलग्न बालकसहित ३ जनालाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ। पर्साको वीरगन्ज महानगरपालिका–१६ का २६ वर्षीय विशाल राय, जगरनाथपुर नगरपालिका–६ का २९ वर्षीय उमेश राय यादव र १० वर्षीय बालक पक्राउ परेका हुन्। उनीहरुले महिलाले घाँटीमा लगाएको सुनको थुतेर लुटपाट गर्ने गरेको हुँदा पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जनाकारी दिए।  

सुन्दरहरैँचा–९ की निर्मला राई शनिबार साँझमा सलकपुरको हाटबजार गरेर घर फर्किंदै गर्दा उनले घाँटीमा लगाएको सुनको सिक्री पक्राउ परेका समूहले थुतेका थिए। सिक्री थुतेको स्थानीयले देखेपछि उनीहरु भाग्न खोजे।  

सिक्री थुतेको देखेपछि स्थानीयले उनीहरुलाई सुनको सिक्रीसहित पक्राउ गरी प्रहरीमा बुझाएका थिए। प्रहरी नियन्त्रणामा रहेका विशालको साथबाट सिक्री फेला परेन। नजिकै रहेका बालकको साथमा सिक्री फेला परेको थियो।  

सिक्री थुतेर विशालले बलाकलाई राख्न दिइसकेका रहेछन्, डिएसपी दाहालले भने, ‘पक्राउ परेका उमेश र बालकसँगै बसेका थिए । कसैले पनि शंका नगर्ने भएको हुँदा सिक्री बालकलाई राख्न दिएका रहेछन्। बालकको शरीर खानतलासी गर्दा उनको साथबाट सिक्री फेला परेपछि उनीसँग रहेको उमेशलाई समेत पक्राउ गरेको हो।’

इलाका प्रहरी कार्यालय बेलबारीमा उनीहरुलाई राखेर थप अनुसन्धान अघि बढाइएको छ । पक्राउ परेकाविरुद्ध चोरी–डाका मुद्दा चलाउने प्रहरीले जनाएको छ ।

प्रकाशित: १५ श्रावण २०८० ०६:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App