२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

आवेदन लिएको तीन वर्षपछि अर्घाखाँचीमा परिचयपत्र वितरण सुरु

पहिलो परिचयपत्र कार्ड प्राप्त गरेकी सन्धिखर्क नगरपालिका वडा नम्बर ८ निवासी रिता गैरे। तस्बीरः नागरिक

जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले राष्ट्रिय परिचयपत्र फारम भरेको तीन वर्षपछि वितरण कार्य सुरु गरेको छ।  जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर ८ निवासी रिता गैरे भुसालले अर्घाखाँचीबाट पहिलो परिचयपत्र कार्ड प्राप्त गरेकी छिन्।  २०७७ साल माघ १८ मा राष्ट्रिय परिचयपत्रका लागी आवेदन दिएकी गैरेले आईतवार कार्ड प्राप्त गरेकी हुन्।

२०७७ असार ३० गतेबाट जिल्ला प्रशासन कार्यालयमा आवेदन लिन सुरु गरिएको थियो। तीन वर्षपछि पहिलो चरणमा अर्घाखाँचीका २ हजार ४८ जनाको परिचयपत्र प्राप्त भएको प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले जानकारी दिए। उक्त परिचयपत्र कार्डहरु तीन चरणमा वितरण हुने उनले बताए। ‘प्रतिदिन २५० जना लाई एसएमएस मार्फत जानकारी गराउँछौं, प्रजिअ ढकालले भने,‘पिनकोड राखेर एक्टिभ गर्नुपर्ने हुन्छ । प्रक्रिया मिलाएर वितरण गर्छौं।’

परिचयपत्र वितरण गर्दा पिनकोड राखेर एक्टिभेट गराउनु पर्ने हुन्छ। लामो समयदेखि चर्चामा रहेको राष्ट्रिय परिचयपत्र जिल्लाबाट पहिलो पटक वितरण गरिएको छ। तीन वर्षअँघिदेखि राष्ट्रिय परिचयपत्र वितरणका लागि विवरण संकलन सुरु भएकामा अहिले पहिलो चरणमा वितरण गर्न लागिएको हो।  

अर्घाखाँचीमा हालसम्म ५२ हजार १ सय ९ जनाले परिचय–पत्रका लागी आवेदन दिएका छन्। जसमध्ये जिल्ला प्रशासन कार्यालयमा २८ हजार १६२ जना र घुम्ती अभियान मार्फत २३ हजार ९४७ जनाले परिचयपत्रका लागी फारम भरेको परिचयपत्र शाखाकी कम्प्युटर अपरेटर धनकाला पाण्डेले बताईन्।

प्रकाशित: १५ श्रावण २०८० ०६:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App